
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले जनकनन्दिनी गाउँपालिकाले फुटबल खेलाडीहरुको हबको रुपमा विकसित हुँदै गएको बताएका छन् ।
मँगलबारदेखि जनन्दिनी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा सुरु भएको तेस्रो वडाध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्टको उद्घाटनमा बोल्दै अध्यक्ष यादवले जनकनन्दिनीको सदरमुकाम खजुरीले धेरै अगाडीदेखि नै फुटबल खेलाडी उत्पादकको रुपमा चिनिएकोले पुरानो इतिहासलाई नयाँ शिराबाट लिएर जाने प्रतिवद्धता जाहेर गरे ।
उदघाटनको क्रममा अध्यक्ष यादवले आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा जनकनन्दिनीबाट उत्तम खेलाडी उत्पादनको लागि दृढ नीतिमा काम हुने बताए । खेलाडीहरुको पलायन रोक्नको लागि आउँदो आर्थिक बर्षको नीतिलाई पूर्णरुपले लागू गर्ने बताए ।
स्थानीय सरकार गठन हुनुभन्दा पनि बर्षौदेखि खजुरी र जनकनन्दिनीको विभिन्न वडाका खेलाडीहरुले राष्ट्रिय स्तरमा नाम कमाउन सफल भएकोमा राजनीतिक उतारचढावले खेलाडीहरुको भविष्य चिन्ताजनक रहेको भन्दै दुःख प्रकट गरे । उनले जनकनन्दिनीमा युवा खेलाडीहरुलाई पुनः राष्ट्रियस्तरमा चिनाउनको लागि एक ठोस नीति ल्याउने बताए ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष दिलिप कुमार यादवको अध्यक्षतामा भएको उदघाटनको क्रममा विशेष अतिथिको आसनबाट बोल्दै गाउँपालिका उपाध्यक्ष कमला सहगलले आगामी नीति तथा कार्यक्रममा महिला खेलाडीहरुलाई समेत प्रोत्साहनको लागि सोही नीतिमा काम हुने बताइन् । उनले फुटबल खेलको लागि मात्र पुरुष खेलाडी नभएर महिला पनि उत्तिकै समक्षता बनाउन महिला खेलाडीहरुलाई फुटबलतर्फ आकर्षित गर्ने योजना ल्याइने बताईन् । उनले स्कूले किशोरी युवतिहरुलाई अब निरन्तर फुटबलमा संलग्न गराइने बताईन् ।
सो क्रममा बोल्दै वडाध्यक्ष दिलिप कुमार यादवले आफ्नो बुवा जीतनारायण यादवलाई सम्झिदै उहाँले गर्नुभएको फुटबलप्रतिको योग्दानको प्रशँसा गरे । उनले महाबीर स्पोर्टस क्लबको सँस्थापको रुपमा रही स्वर्गीय जीतनारायण यादवले यहाँका खेलाडीहरुको लागि दिएको योग्दानको बारेमा प्रकाश पारे । उनले आर्थिक अभाव र त्यतिबेलाको परिस्थितिले गर्दा दिग्गज खेलाडीहरुको पलायन रोक्न नपाएपनि अहिलेको अवस्थामा खेलाडी उत्पादन मात्र नगरी खेलाडीहरुलाई टिकाएर राख्ने योजना वडाको हुने बताए ।
उदघाटनको क्रममा वडा नं. १ का वडाध्यक्ष सँतोष गोईत, वडा नं. २ का वडाध्यक्ष अब्दुल मालिक (रखु), वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह, वडा नं. ५ का वडाध्यक्ष अशोक मण्डल र वडा नं. ६ का वडाध्यक्ष सूर्यदेव यादवको सक्रिय सहभागीता रहेको थियो । विशेष अतिथिको रुपमा सहभागीता जनाएका वडाध्यक्षहरुले समेत आ आफ्नो वडाबाट खेलाडीलाई प्रोत्साहनको लागि नीति कार्यक्रा राख्ने प्रतिवद्धता जाहेर रेका थिए ।
उदघाटन खेलमा धनुषाको गोदार टीम र खजुरी टीमबीच भएको खेलमा दुवै टीम बराबरीमा सेमेटिएको थियो । खेल टाई भएपछि पेनाल्टी प्रणालीमा लगिएको थियो । पेनाल्टी प्रणालीबाट गोदार ४ गोल गरे भने खजुरीले ४ गोल हानेपछि गोदार टीम ४–३ गोलान्तरले विजयी भएको थियो ।
धनुषा जिल्ला फुटबल संघ अध्यक्ष केवल मुखियाको उदघाटन खेलमा विशेष उपस्थिति रहेको थियो ।
अब CTEVT को कुनै कार्यक्रम पढन प्रवेश परीक्षा दिन नपर्ने, SEE को मार्कले भर्ना हुने
- २०८१ असार १२ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का कुनै पनि कार्यक्रम अध्ययन गर्न प्रवेश परीक्षा दिन नपर्ने भएको छ । सिटिइभिटीले एसइई–एसएलसी, प्रमाणपत्र तहमा प्राप्त गरेको जिपिए अंकका
पूरा पढ्नुहोस्