जनकपुरः मोटरसाईकलले ठक्कर दिएपछि एक पुरुषको घटनास्थलमै मृत्यू, चालक फरार

२०८१ असार १४ बिहीबार
दिउसो १२:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक पुरुषलाई मोटरसाईकलले ठक्कर दिएपछि घटनास्थलमै मृत्यू भएको छ । 

बुधबार धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरस्थित बाटोमा जाँदै गरेको कमला नगरपालिका वडा नं. ८ हरिने बस्ने राजदेव सढानको ठक्कर दिएपछि मृत्यू भएको हो । 

बुधबार दिउँसो करिब १ बजेको समयमा डुमरियाबाट यदुकूहातर्फ गईरहेका सढानलाई विपरित दिशाबाट आएको अज्ञात मोटरसाईकलले ठक्कर दिएको जनाइएको छ । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय यदुकूहाबाट खटेको प्रहरी टोलीले एम्बुलेन्समा उपचारको लागि जनकपुर पठाएकोमा बाटोमै मृत्यू भएको जनाईएको छ । 

प्रत्यक्षदर्शीहरुका अनुसार उनको घटनास्थलमै मृत्यू भएको थियो । अस्पताल पुगेपछि चिकित्सकले मृत घोषित गरेको जनाइएको छ । मोटरसाईकल चालक भने फरार रहेको धनुषा प्रहरीले जनाएको छ । 

  • 1%
  • 1%
  • 1%
  • 0%
  • 90%
  • 2%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८१ असार १४ बिहीबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus