महोत्तरी मटिहानीका तीन दर्जन बढी परिवारले पाए गाउँब्लकको लालपूर्जा

२०८१ असार २१ बिहीबार
बिहान ०७:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर ।  महोत्तरीको मटिहानी नगरपालिका- ३ बरदाहाका ३८ परिवारले गाउँब्लक जग्गाको लालपुर्जा पाएका छन् ।

बुधबार एक कार्यक्रमकाबीच नापी कार्यालय जलेश्वर र मटिहानी नगरपालिकाले लालपुर्जा वितरण गरेको छ । ३८ जना ब्यक्तिको नाममा जग्गाधानी पुर्जा बितरण गरिएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।

नापी कार्यालय जलेश्वरका अनुसार २०६५/०६६ देखि जग्गाको लाल पुर्जाको लागि प्रक्रिया अघि बढेको थियो । मटिहानी वडा नम्बर २ का १ सय ५६ परीवारको जग्गा धनीपुर्जा वितरणको अन्तिम तयारी भइरहेकाले छिट्टै उक्त पुर्जा वितरण गरिने नापी कार्यालय प्रमुख राम विनय सिंहले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सशस्त्र प्रहरीका एसपी गैरेको ज्यादतीः व्यापारीको वैध मदिरा नियन्त्रणमा लिएर भन्सार बुझाइयो

  • २०८१ असार २१ बिहीबार

न्यूज ब्यूरो, सिरहा । सिरहामा सशस्त्र प्रहरी बलका एसपी शिव गैरेमाथि स्थानीय व्यापारी बालाराम यादवले ज्यादतीको गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, दशैंको अवसर लक्षित गरी सिरहा नगरपालिका-१७ माड़रस्थित आफ्नै

पूरा पढ्नुहोस्

Bureau Menus