प्रादेशिक अस्पताल जनकपुरमै न्यूरो सर्जरी सेवा सुरु, बाहिर जानुपर्दैनः उपनिर्देशक दास

२०८१ असार २१ बिहीबार
बेलुकी ६:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रादेशिक अस्पताल (अञ्चल अस्पताल) मै न्यूरो सर्जरी सेवा सुचारु भएको प्रादेशिक अस्पतालका उपनिर्देशक डा. कृष्ण देव दास (Dr. KD Das) ले बताएका छन् । 

जनकपुर प्रादेशिक अस्पतालमै न्यूरो सर्जरी सेवा सुरु भएपछि विराटनगर वा अन्य ठाउँमा जानुपर्ने बाध्यता न्यून भएको दाबी गरेका छन् । न्यूज ब्यूरोसँग कुराकानी गर्दै उपनिर्देशक दासले सरकारी अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु भएपछि अब नीजि अस्पतालमै जानुपर्ने बाध्यता न्यून हुने दाबी गरे । 

उनले भने, –“टाउको सम्बन्धी सर्जरी गर्नुपर्ने भएमा यसअघि विराटनगर वा अन्य शहर नै लैजानुपर्ने बाध्यता थियो । अब प्रादेशिक अस्पताल जनकपुरमै न्यूरो सर्जन डाक्टर नियुक्त गरिएको छ । एक आध विरामीलाई सर्जरी गरी सफल परीक्षण पनि गरिएको छ । यहाँ टाउको सम्बन्धी विरामी आए अब अत्यन्तै कम शुल्कमा उपचार हुन्छ । नीजिमा २ लाख, ४ लाख, १० लाख तिर्नुपर्ने हुन्छ तर यहाँ केही हजारमा उपचार सम्भव भएको छ ।”

उनले प्रादेशिक अस्पतालमै ओपिडी र सर्जिकल सेवा सुरुवात भएको भन्दै आम सर्वसाधारणलाई परेको बेला प्रादेशिक अस्पतालमा उपचार सम्भव रहेको बताए । उनले गरिब, बिपन्न, निमुखाहरुको न्यून शुल्कमा उपचार हुने बताए । 

यसका साथै, उपनिर्देशक दासले ईमरजेन्सी सेवामा प्राथमिक उपचार समेत निःशुल्क गर्ने तयारी गरिएको बताए । उनले ईमरजेन्सीमा जाँदा पहिले केनुला, औषधी, सलाईन पानी किनेरै ल्याउनुपर्ने थियो, तर अब ईमरजेन्सीमा जाँदा अस्पतालले फ्रि मै केनुला, स्लाईन पानी गर्ने व्यवस्था मिलानको योजना कार्यन्वयन तर्फ रहेको बताए । 

प्रादेशिक अस्पतालमै ईको सेवा, न्यूरो सर्जरी, सर्जिकल, ओपिडी सेवा, एमआरआई सेवा लगायतका सेवाहरु सुचारु भएकोले जानकारी गराईएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कश्मिरमा आतंकी हमलापछि भारत सशक्त, पाकिस्तानीलाई भगाउन सुरु 

  • २०८१ असार २१ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जम्मू–कश्मीर पहलगाममा अस्ति भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिजो बसेको सुरक्षासम्बन्धी समिति ९सीसीएस० को बैठकले पाँच प्रमुख निर्णय

पूरा पढ्नुहोस्

Bureau Menus