जनकपुरः एउटै पोखरीमा डुबेर एकैपटक तीन बालिकाको मृत्यू !

२०८१ असार २१ बिहीबार
बेलुकी ६:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्र जनकपुरधामस्थित एउटै पोखरीमा डुबेर तीन बालिकाको मृत्यू भएको छ । 

जनकपुरधाम शहरभन्दा केही दुरीमा नेपाल भारतसीमा क्षेत्र नजिक रहेको धनुषाको धनौजी गाउँपालिका वडा नं. ५ बहुअर्बास्थित रहेको एक पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको हो । 

विहिबार दिउँसो पोखरीमा नुहाउन गएका ३ जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

मृत्यु भएका धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वा ११ वर्षीय मुस्कान खातुन,१० वर्षीय अजमेरी खातुन र ९ वर्षीय जिनत खातुन रहेको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन अवाले जानकारी दिइएका छन।

बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलाय धनुषाले जानकारी दिएका छ्न् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८१ असार २१ बिहीबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus