नक्कली सर्टिफिकेट आरोपमा प्रादेशिक अस्पताल जलेश्वरकी एक चिकित्सकमाथि मुद्दा दायर

२०८१ असार २५ सोमबार
बिहान ०८:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर ।  महोत्तरीको जलेश्वरस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक ९अधिकृत आठौँ० पदमा कार्यरत संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोप–पत्र दायर गरेको छ । आरोपी साहले भारतको बिहार संस्कृत शिक्षा बोर्डद्वारा सञ्चालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको भनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आरोपी साहले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा होमियोप्याथिक चिकित्सक ९अधिकृत आठौं० पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेकी थिइन् ।

  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%

कश्मिरमा आतंकी हमलापछि भारत सशक्त, पाकिस्तानीलाई भगाउन सुरु 

  • २०८१ असार २५ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जम्मू–कश्मीर पहलगाममा अस्ति भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिजो बसेको सुरक्षासम्बन्धी समिति ९सीसीएस० को बैठकले पाँच प्रमुख निर्णय

पूरा पढ्नुहोस्

Bureau Menus