जनकपुरको महालक्ष्मी कम्प्यूटर मोबाईल पसलले ग्राहक ठग्दै, वारेन्टीको नाममा धम्की

२०८१ श्रावण ३ बिहीबार
रति १०:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामचोकस्थित रहेको महा लक्ष्मी कम्प्यूटर एण्ड मोबाईल शपमा उपभोक्ता ठगी गर्दै आएको खुलेको छ । 

रामचोकभन्दा पश्चिम पेठीया बजार जाने बाटोमा रहेको महालक्ष्मी कम्प्यूटर एण्ड मोबाईल सप पसलमा उपभोक्तासँग वारेन्टीको नाममा ठगीसहित धाकधम्की समेत दिएको आरोप लगाईएको छ । 

धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. २ पुरनदाहा (मिथिलेश्वर) बस्ने कल्चरल भिलेजका कार्यकारी सँचालक समेत रहेका पर्यावरण अभियानी देवनारायण मण्डलले सो पसलका सँचालक र कर्मचारीले ठगी गरेको आरोप लगाएको छ । 

मोबाईलको चार्जरमा ६ महिनाको वारेन्टी दिएपनि आफ्नो पसलको नभएको भन्दै उपभोक्ता ठगी गरेको पाईएको छ । सो पसलले हानेको स्टाम्पसहितको वारेन्टी पेपर भएपनि आफ्नै पेपरलाई नक्कली बताउँदै मण्डललाई ठगी गरेको हो । केही दिनमै चार्जर बिग्रेपछि फिर्ता गर्न पसल पुगेका मण्डललाई पसलका सँचालक र कर्मचारीले थर्काउँदै आफ्नो पसलको समान नै नभएको भनेपछि मण्डलले सँचालकलाई फ्रौडको सँज्ञा दिएका हुन् । 

उनले आफ्नो फेसबुकमा एक लामो स्टेटस लेख्दै आफूजस्ता कैयौँ यस्ता ग्राहक ठगीमा परेको हुन सक्ने जनाएको छ । सोही पसलका केही दिन अगाडी लिएको मोबाईल चार्जर दुई दिनमै बिग्रेपछि फिर्ता गर्न गएका मण्डललाई चार्जमा ग्यारेन्टी वारेन्टी नभएको भनेर वारेन्टीबाला चार्जर लिनको लागि सुझाएको बताईन्छ । १८ सय रुपैयाँ पर्ने चार्जर लिएर ६ महिनाको वारेन्टी दिएको महालक्ष्मी कम्प्यूटर एण्ड मोबाईल पसलले वारेन्टी पेपरलाई नै नक्कली बताएको आरोप छ । जबकी सो कागजातमा सोही पसलको स्टाम्प समेत लगाईएको देखिएको छ । 

दुई दुई पटक मण्डललाई विभिन्न तवरले ठगी गरेको उनले लेखेका छन् । चार्जरको वारेन्टीको बारेमा भनेपछि पसल सँचालकले चार्जर अर्कै मोबाईलको र वारेन्टी पेपर अर्कै चार्जरको भएको भनेर दम लगाए, तर सो पेपरमा उनकै पसलको सक्कली स्टाम्प लागेको देखिएको छ । मण्डलले प्रतिकार गरेपछि उनलाई बाउन्सर लगाएर झण्डै कुटपिट गरेको उनले लेखेका छन् । 

जनकपुरमा मोबाईल पसलको नाममा ठगी धन्दा गरेको भन्दै मण्डलले उद्योग वाणिज्य महासंघलाई ध्यानाकर्षण गराउँदै कारवाहीको माग गरेका छन् । 

यस सन्दर्भमा पसलका सँचालकसँग सम्पर्क गर्न खोज्दा उनको सम्पर्क नम्बर उपलब्ध भएनन् । ग्राहक रहेका मण्डलले सबै गतिविधि सिसिटिभीमा कैद भएको बताए । 

  • 0%
  • 2%
  • 5%
  • 0%
  • 0%
  • 92%

Bureau Menus