Breaking ! सर्लाहीका पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या !

२०८१ श्रावण ७ सोमबार
बिहान ०८:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीका नेता एवम् पूर्व राज्य मन्त्री समेत रहेको रामचन्द्र रायको हत्या भएको छ । पूर्व भूमिसुधार राज्यमन्त्री रहेका रायको हत्या भएको हो । 

गएराति करिब १ बजेको समयमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

घरमा एक्लै सुतेको बेला राति १ बजे धारिलो हतियारले टाउकोमा प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको हो।

घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहसहितको प्रहरी टोली पुगेको छ।

‘घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन,’ डीएसपी श्रेष्ठले भने, ‘तालिम प्राप्त कुकुरसहितको टोली प्रदेश प्रहरी कार्यालयबाट पनि आएको छ। हामी घटनास्थलमै छौँ। थप अनुसन्धान हुँदैन।’

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ। 

राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए। उनी अहिले पनि राप्रपामै आवद्ध रहेका स्थानीयले बताएका छन्। 

रायका पत्नी र छोराबुहारी काठमाडौँमा बस्ने गरका स्थानीयले बताएका छन्। 

‘उहाँ पनि केही दिनअघि मात्रै घरमा आउनु भएको खुलेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘हत्याको कारण खुलेको छैन। घरमा एक जना कामदार र उहाँ मात्रै बस्ने गरेको पाइएको छ।’

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

Why Men rape?

  • २०८१ श्रावण ७ सोमबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus