जनकपुरमा बसले ४ स्कूले बालकलाई उडायो !

२०८१ श्रावण ७ सोमबार
बिहान ०९:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक बसले चार स्कूले बालकलाई ठक्कर दिँदा अवस्था गम्भिर भएको छ । 

आईतरबार राती करिब ९ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ लादोबेलास्थित रहेको नन्दनी डेरीभन्दा केही अगाडी एकै पटक ४ बालकलाई ठक्कर दिएर उडाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चारै बालक महोत्तरीको सिमराढीको रहेको छ । अध्ययन अध्ययापनको लागि जनकपुर बस्दै आएका उनीहरु पढेर डेरा जाँदै गरेको बेला बसले ठक्कर दिएको बताईएको छ । 

घाईते हुनेहरुमा महोत्तरी सिमराढी बस्ने बर्ष १४ का रोहन साफी, बर्ष १६ का रवि सहनी, बर्ष १५ का राजन सहनी र बर्ष १७ का अमित कुमार साफी रहेका छन् । उनीहरुमध्ये रोहन साफीको अवस्था नाजुक रहेको छ । उनको टाउको र खुट्टासहित शरिरको अन्य भागमा गम्भिर भोट लागेको हो । 

सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनीहरुलाई राती नै जनकपुर न्यूरो हस्पिटलमा रिफर गरिएको हो । न्यूरो हस्पिटलका सूचना अधिकारी सँजय कुमार मण्डलका अनुसार, रोहनको अवस्था गम्भिर रहेको छ । उनलाई कम्तीमा ८ पिन (पोका) ब्लडको आवश्यकता रहेको छ । बी नेगेटिभ ब्लडको आवश्यकता भएको बताए । 

यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार, ठक्कर दिने बसको यकिन भईनसकेको र खोजी कार्य जारी रहेको बताए । 

  • 0%
  • 3%
  • 1%
  • 4%
  • 86%
  • 3%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०८१ श्रावण ७ सोमबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus