
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका कम्प्यूटर अपरेटरहरु पुनः आन्दोलित भएका छन् । आईतबार कम्प्यूटर अपरेटरहरुले लोकसेवा आयोगमा ज्ञापन पत्र बुझाएको हो ।
“अब आश्वासन होईन, स्थायी रोजगार देउ” मूल नारासहित कम्प्यूटर अपरेटरहरुले लोकसेवा आयोगका अध्यक्ष शिवराम यादवलाई ज्ञापन पत्र बुझाएको हो ।
मधेश प्रदेशमा रिक्त रहेको कम्प्यूटर अपरेटर पदहरुमा विज्ञापन खुल्ला गरी कर्मचारी भर्ना गर्न भन्दै ज्ञापन पत्र बुझाएको हो । विभिन्न समयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लोकसेवा आयोग मधेश प्रदेशसहित अन्य निकायमा समेत ज्ञापन पत्र बुझाएपनि हालसम्म कार्यन्वय नभएको भन्दै कम्प्यूटर अपरेटरहरुले पुनः लोकसेवा आयोगमा ध्यानाकर्षण गराएको हो ।
कम्प्यूटर अपरेटर ईन्दु सिँहको अगुवाईमा गएका कम्प्यूटर अपरेटरहरुको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
नक्कली अस्पतालहरु बन्द गर्न थालेपछि मुख्यमन्त्रीविरुद्ध अस्पताल सँचालकहरुको मोर्चाबन्दी
- २०८१ श्रावण १३ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले नक्कली अस्पतालहरुलाई बन्द गर्न थालेपछि सँचालकहरु प्रतिकार गर्ने मुडमा देखिएका छन् । मुख्यमन्त्रीको पछिल्लो अस्पतालहरुमा देखिएको छडके अनुगमन र चासोलाई दृष्टिगत
पूरा पढ्नुहोस्