न्यूज ब्यूरो । बिहार विधानसभा चुनावमा स्पष्ट बहुमत हासिल गरेपछि राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले फेरि एकपटक नीतीश कुमारलाई मुख्यमन्त्रीको रूपमा चयन गरेको छ। योसँगै उनी आफ्नो दशौँ कार्यकालमा प्रवेश गरेका छन्।
एनडीएले २४३ मध्ये २०२ सिट जित्दै सत्ता दोहोर्याएको छ। गठबन्धनमा भारतीय जनता पार्टीका ८९, जनता दल (युनाइटेड) का ८५, लोक जनशक्ति पार्टी (राम विलास) का १९, हिन्दुस्तान अवामी मोर्चाका ५ र राष्ट्रिय लोक मोर्चाका ४ विधायक रहेका छन्।
पछिल्ला दुई दशकदेखि बिहार राजनीतिमा प्रमुख शक्ति बनेका नीतीश कुमार २००० मा पहिलोपटक मुख्यमन्त्री बनेका थिए, यद्यपि सात दिनमै पद छोड्नुपरेको थियो। २००५ मा भाजपा–जदयू गठबन्धनको बहुमतसँगै उनी पुनः सत्तामा फर्किए र २०१० मा अझ बलियो जनादेश प्राप्त गरे।
२०१३ मा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेपछि उनले भाजपासँग सम्बन्ध विच्छेद गरेका थिए। २०१४ को लोकसभा चुनावमा जदयू एक्लै लडेर पराजित भएको थियो।
यस पटकको चुनावी परिणामसँगै नीतीश पुनः बिहार सत्ता केन्द्रमा स्थापित भएका छन्।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८२ मङ्सिर ५ बिहीबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्

_Q0Pm2ZjB51.jpeg)



