एक सातादेखि हराएकी धनुषाकी श्रृष्टि भारतको लखनउमा फेला !

२०८२ चैत ४ बुधबार
रति ९:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विगत एक सातादेखि हराएकी धनुषाकी एक किशोरी भारत उत्तर प्रदेशको लखनउमा फेला परेकी छन् । 

गत बुधबारदेखि नै हराएकी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ ईच्छापुरस्थित जलाद पुल नजिकै पसल रहेको गणेश प्रसाद ढुँगेलकी १३ बर्षिय छोरी श्रृष्टि ढुँगेल लखनउमा फेला परेकी हुन् । 

घरबाट सम्पर्कविहिन भएपछि उनको खोजविन थालिएको थियो । सो क्रममा न्यूज ब्यूरोको अफिसियल पेजमा समेत उनको हराएको सूचना राखिएपछि उनलाई देख्नेहरुले सम्पर्क गरेपछि खोजबिन तीव्र पारिएको थियो । 

श्रृष्टिको पसल रहेको ईच्छापुरको समुदायिक विद्यालय र जलाद नदीको निर्माणधीन पुलभन्दा पूर्व तथा दुईमुखे बाटोस्थित एक ईटा भट्टामा काम गर्ने युवकले उनलाई ललाई फकाई भारत लगेको खुलेको छ । 

ईटा भट्टामा काम गर्ने भारत युपीकै अँकित बर्मा नामक युवकले उनलाई प्रलोभनमा पारी भारत लगेको खुलेको छ । अँकितका साथीले समेत उनलाई भारत लगेको बयान दिएपछि धनुषा प्रहरीले एक्सन लिएको थियो । 

ईलाका प्रहरी कार्यालय धनुषाधाममा अभिभावकले चढाएको निवेदनमा अंकित बर्मा र उनका साथीलाई कारवाहीको माग गरिएको छ । मात्र १३ बर्षकी श्रृष्टि अहिले धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वतामा बस्दै आएकी हुन् । उनी आफ्नै घरबाट गएको खुलेको छ । 

खोजबिन र उनको साथीबाट सूचना प्रवाह भएपछि धनुषा प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई सुरक्षित पारेको बताईएको छ । अहिले लखनउमा उनका अभिभावकहरु उनलाई लिन पुगेका छन् भने भोली उनी घर आउन लागेकी बताईएको छ । 
 

  • 13%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८२ चैत ४ बुधबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus