न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजगढ गाउँपालिका–२, का वडाध्यक्ष जितेन्द्रकुमार यादव कुटपिट घटनामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।
वडाध्यक्ष यादवसहित ५ जनाविरुद्ध गत सोमबार पक्राउ पुर्जी जारी भएको जनाइएको छ । वडाध्यक्ष यादव मंगलबार वडा सदस्य सुमित्रादेवी खंगलाई निमित्त तोकेर सम्पर्कविहीन बनेका हुन् । वडासचिव रामकुमार यादवले ४ दिनअघि वडाध्यक्षले खंगलाई निमित्त वडाध्यक्षको जिम्मेवारी तोकेको पुष्टि गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले ती मुद्दामा अनुसन्धान भइरहेको बताए । गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले ३ दिनअघि भेट भएका वडाध्यक्ष यादवसँग त्यसपछि कुराकानी नभएको बताए । उनले भने, ‘उहाँमाथि रहेको मुद्दाका विषय सामान्य जानकारी छ ।’घटना अनुसार २१ कार्तिक २०८१ मा सोही वडाको बनैनियाँस्थित सार्वजनिक जग्गामा वडाध्यक्ष यादवलगायतले घर बनाउन लाग्दा स्थानीय ललनकुमार सिंहलगायतले विरोध जनाएका थिए ।
आक्रोशित बनेका वडाध्यक्ष यादव, सोही ठाउँका शिवन खंग, टुनु खंग, पशुपति खंग र श्रीराम खंग मिलेर सिंहमाथि रड प्रहार गरेका थिए । कुटपिटबाट सिंहको हात भाँचिएको थियो । उनले कुटपिट गरी अंगभंग पारेको कसूरमा २५ कार्तिकमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तर, प्रहरीले उनको जाहेरी लिन मानेनन् ।
सिंहले ९ माघ २०८१ मा जिल्ला सरकारी वकिल कार्यालयमार्फत प्रहरीमा जाहेरी पठाउँदासमेत प्रहरीले सनाखतसहितका कानुनी प्रक्रिया पूरा गर्न अनाकानी गर्दै आएको थियो । ५ चैत २०८१ मा उच्च अदालत जनकपुर, राजविराज इजलास पुगेका सिंहले परमादेश रिट दायर गरेका थिए । रिटमा सुनुवाइ हुँदा १४ जेठ २०८२ मा अदालतका न्यायाधीशद्वय पूर्णप्रसाद राजवंशी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाममा न्याय प्रशासन ऐन, २०७३ को दफा ८(१) बमोजिम परमादेश जारी गरेको थियो ।
मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ
- २०८३ जेठ १० आइतबार
हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर
पूरा पढ्नुहोस्

