न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का नेता एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै दिएको राजीनामापत्रमार्फत आफू लामो समयदेखि पार्टीमा सक्रिय रहँदै आए पनि आफू र आफूसँग आबद्ध साथीहरूको उचित समायोजन हुन नसकेको गुनासो गरेका छन्।
अरगरियाले पार्टीभित्र संगठन सुदृढीकरण हुनुपर्ने बेला आधिकारिक उम्मेदवारलाई हराउने व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा पुरस्कृत गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाएका छन्। उनले लगनशील तथा इमान्दार कार्यकर्ताहरू अपमानित हुने र पार्टीविरुद्ध लाग्नेहरू सम्मानित हुने अवस्था देखिएको बताएका छन्।
उनका अनुसार जिल्ला नेतृत्वबाट पटक–पटक अपमानित हुनुपरेको तथा यस विषयमा पार्टी केन्द्रलाई बारम्बार जानकारी गराउँदा पनि कुनै पहल नभएपछि बाध्य भएर पार्टी त्याग्ने निर्णय लिनुपरेको हो।
राजीनामापत्रमा उनले “आजबाट म यो पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु” उल्लेख गरेका छन्।
अरगरियाको राजीनामापछि स्थानीय राजनीतिक वृत्तमा विभिन्न चर्चा सुरु भएको छ। कैयौँ पटक पार्टी फेरेका अरगरियाले अबको राजनीतिक यात्रा कुन पार्टीबाट गर्ने भन्ने अन्यौल छ । यद्यपी, उनका समर्थकहरु रास्वपामा गएपछि उनी समेत रास्वपामा जाने सम्भावना रहेको बुझिएको छ ।
'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'
- २०८३ जेठ १० आइतबार
जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,
पूरा पढ्नुहोस्


