धनुषाको बटेश्वर चित्रपुरमा तीन दिवसीय आँप मेला हुँदै

२०८३ जेठ २५ सोमबार
बिहान १०:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१,चित्रपुरमा ३ दिवसीय ‘चित्रपुर आँप मेला महोत्सव–२०८३’ आयोजना हुने भएको छ। स्थानीय रूपमा उत्पादित आँपको प्रवर्द्धन, बजारीकरण तथा कृषि पर्यटनको विकास गर्ने उद्देश्यले आगामी असार ५,६ र ७ गते मेला आयोजना गर्न लागिएको हो।

चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा हुने महोत्सवमा आँपका विभिन्न जातका फलफूल तथा आँपबाट तयार गरिएका अचार,अमोट,आमिल,जुस लगायतका परिकारहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।

स्थानीय बासी सहित रहेका शिक्षक जितेन्द्र प्रसाद सिंहका अनुसार चित्रपुरका अधिकांश किसान आँप खेतीमा निर्भर छन्। यहाँ करिब ३०० विघाभन्दा बढी क्षेत्रफलमा आँप खेती गरिएको छ भने प्रत्येक किसानसँग आफ्नै आँप बगैँचा रहेको छ।

महोत्सवमा आउने पर्यटकलाई आँप बगैंचा अवलोकन गराउने,विभिन्न जातका आँपबारे जानकारी दिने,रुखबाटै आँप टिप्ने अनुभव दिलाउने तथा आँपबाट बन्ने परिकारबारे जानकारी गराउने कार्यक्रम राखिएको छ। साथै इच्छुक आगन्तुकले शुल्क तिरेर बगैंचाबाटै ताजा आँप खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिका स्थित ढल्केबर र जमुनिबासबाट करिब ४ किलोमिटर दूरीमा रहेको चित्रपुर मधेश प्रदेशकै प्रमुख आँप उत्पादन क्षेत्रका रूपमा परिचित छ। महोत्सवले स्थानीय कृषकको उत्पादनलाई बजारसँग जोड्न तथा क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजका मेयरसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर, पदबाट स्वतः निलम्बन

  • २०८३ जेठ २५ सोमबार

न्यूज ब्यूरो, वीरगँज । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज

पूरा पढ्नुहोस्

Bureau Menus