न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेशहरुलाई पूर्ण स्वायत घोषणा गर्नुपर्ने लगाएतका माग राख्दै जनमत पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
यसअघि भएको ८ बुँदे सम्झौता अनुसार प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गनुपर्ने, कर्मचारी र स्थानीय तह प्रदेश मातहत कायम गर्नुपर्ने लगाएतका माग राख्दै जनमत पार्टीले सोमबार काठमाडौको माइतिघरमा प्रदर्शन गरेको हो ।
साथै जनमतले प्रमुख जिल्ला अधिकारी र प्रहरी पनि प्रदेश मातहत राखिनुपर्ने, नेपाली सेनामा मधेशी–थारुको सामूहिक भर्ना गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने माग राखेको छ भने बैदशीक रोजगारीको समस्या समाधान गर्नुपर्ने, किसानलाई समयमा नै मलखाद र सहज ऋण उपलव्ध गराउनुपर्ने, चूरिया क्षेत्रको दोहन र अतिक्रमण हटाउनुपर्ने समेत माग राखेको छ ।
प्रदर्शनमा सहभागीहरुले मधेशी, थारु, दलित, मुस्मिल, आदिवासी, सुकुम्वासी अल्पसंख्यक लगाएतमाथिको दमन, शोषण र विभेद बन्द गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।
पटनाका चर्चित शिक्षक फैसल खान उर्फ खान सरको खुल्यो पोल, गोलीकाण्ड प्रकरणमा पक्राउ गर्ने तयारी
- २०८३ जेठ २५ सोमबार
न्यूज ब्यूरो, पटना । भारतको बिहार राज्यको राजधानी पटना स्थित एक कोचिङ सेन्टरमा भएको गोली चलाइएको घटनासँग सम्बन्धित विषयमा चर्चित शिक्षक फैसल (खान सर) विरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको छ।
पूरा पढ्नुहोस्


