न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदबाट निलम्बन गर्दै अन्तरकालीन आदेश जारी गरेको छ।
केन्द्रीय अनुशासन आयोगले २०८३ जेठ २५ गते जारी गरेको पत्रमार्फत यादवमाथि पार्टी विधान, आचारसंहिता, कार्यविधि तथा निर्वाचनसम्बन्धी विभिन्न व्यवस्था उल्लंघन गरेको आरोपमा थप अनुसन्धान आवश्यक देखिएको जनाएको छ।
आयोगका कार्यवाहक प्रमुख रामकान्त सिग्देलद्वारा हस्ताक्षरित पत्रमा यादवमाथि पार्टीको मूल्य–मान्यता र हितअनुकूल कार्यसम्पादन गर्न नसकेको, पदीय क्षेत्राधिकार मिचेको, अनावश्यक हस्तक्षेप गरेको तथा समूहगत राजनीति बढाएको लगायतका विषयमा विभिन्न समयमा उजुरी परेको उल्लेख गरिएको छ।
पत्रअनुसार आयोगले यसअघि यादवसँग स्पष्टीकरणसमेत मागेको थियो। प्राप्त स्पष्टीकरणको अध्ययनपछि थप प्रमाण संकलन र अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकाल्दै आयोगले अर्को निर्णय नआएसम्मका लागि उनलाई धनुषा जिल्ला कार्यसमितिको सभापतिको जिम्मेवारीबाट पदमुक्त गरेको जनाएको छ।
आयोगले जारी गरेको आदेशमा आजकै मितिदेखि लागू हुने गरी यादवलाई जिल्ला सभापतिको हैसियतले कुनै पनि कार्य सम्पादन गर्न, बैठकमा उपस्थित हुन वा पार्टीका गतिविधिमा सभापतिको रूपमा सहभागी हुन रोक लगाइएको उल्लेख छ।
यस निर्णयको बोधार्थ पार्टीका केन्द्रीय कार्यसमिति सभापति, केन्द्रीय संगठन विभाग, मधेश प्रदेश कार्यसमिति, मधेश प्रदेश अनुशासन आयोग तथा जिल्ला अनुशासन आयोग धनुषालाई पठाइएको छ।
रास्वपाको अनुशासन आयोगले अनुसन्धान प्रक्रिया टुंगो नलागेसम्म यादवमाथिको निलम्बन कायम रहने जनाएको छ। पत्र अनुसार उनीमाथि लगाइएका आरोपहरूको विस्तृत अनुसन्धानपछि अन्तिम निर्णय गरिने उल्लेख गरिएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८३ जेठ २६ मंगलबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्


