न्यूज ब्युरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका एक वडाध्यक्षले युवाहरुको ६ लाख रुपैयाँ खाईदिएको तथ्य सार्वजनिक भएको छ ।
शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश कुमार निरालाले खेलाडीहरुको लागि आएको ६ लाख रुपैयाँ खाईदिएको आरोप छ ।
वडाध्यक्ष निरालाले २०८०/०८१ मा वडा नं. ६ मा प्रथम वडाध्यक्ष कप सँचालनको लागि उनले शहिदनगर नगरपालिकाबाट पेश्कीको नाममा ६ लाख रुपैयाँ निकासा गरिसकेका छन् । दुई बर्ष अगाडी निकालेको सो रकमले अहिलेसम्म उनले वडाध्यक्ष कप गराएका छैनन भने सरकारी पैसा समेत फिर्ता गरेका छैनन् ।
२०८१/०८२ को महालेखा प्रतिवेदनमा उनलाई २०८१ सम्म पेश्की रकम फिर्ता गरिसक्नुपर्नेमा उनले रकम फिर्ता गरेका छैनन् । वडाध्यक्ष कपको नाममा खेल नै नगराई निकासा गरिसकेका वडाध्यक्ष निरालाले युवाहरुको लागि आएको रकम भ्रष्टाचार गरेको स्थानीय एक युवकले बताए ।

यस सन्दर्भमा वडाध्यक्ष निरालालाई बिहानैदेखि कैयौँ पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।
बच्चा खेलाउँदै बाँदर
- २०८३ जेठ २६ मंगलबार
सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति ।
पूरा पढ्नुहोस्


