राजा हत्या काण्डको फाईल फेरी खोल्नेछौँः गृहमन्त्री सुदन गुरुँग

२०८३ जेठ २६ मंगलबार
रति ८:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रालयबाट चारवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्।

गृहमन्त्री गुरुङले आफ्नो कार्यकाललाई अनुसन्धान, पारदर्शिता र सुरक्षा निकाय सुदृढीकरणमा केन्द्रित गर्ने संकेत गर्दै प्रारम्भिक निर्णयहरू अघि सारेका हुन्।

उनले सार्वजनिक गरेका निर्णयहरू यस प्रकार छन्,

२०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने
जेन–जी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीलाई अझ सुदृढ बनाउने
छानबिनमा रहेका सबै अनुसन्धान प्रक्रिया टुंगोमा पुर्‍याई सम्बन्धित फाइलहरू पुनः खोल्ने

मन्त्रालय स्रोतका अनुसार यी निर्णयहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र

  • २०८३ जेठ २६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एक सचेत र स्वतन्त्र आम

पूरा पढ्नुहोस्

Bureau Menus