न्यूज ब्यूरो, बारा । कारको ठक्करबाट पाटेबाघको मृत्यु भएपछि कारचालक सर्लाही बलरा नगरपालिका वडा नं. ३ का ५३ वर्षीय अजय मिश्रलाई बारा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले बारा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि गत पुस २८ गते अदालतले रु ६ लाख ५० हजार धरौटी लिई रिहा गर्न आदेश दिएपछि उनलाई धरौटी रकम लिई निकुञ्ज कार्यालयले छोडेको अनुसन्धान अधिकारी दीपक तिवारीले बताएका छन्।
गत पुस १८ गते शनिवार बिहान करीब ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा. १६ च ८११ नम्बरको कारले आधाभार जङ्गलको महेन्द्र राजमार्ग सडकमा पोथी पाटेबाघलाई ठक्कर दिएका थिए।
सडक पार गर्न जम्पिङ गर्ने क्रममा कारले टाउकोमा ठक्कर दिंदा बाघको घटनास्थलमैं मृत्यु भएको थियो। घटनालगत्तै कारचालक मिश्रले प्रहरीलाई सम्पर्क गरी घटनाबारे जानकारी गराएका थिए।
उनलाई सोही दिन निकुञ्जले कार्यालयमा निगरानीमा राखी म्याद थप गरी घटनाबारे सोधपूछ गरेको थियो। कारचालक मिश्र युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन्।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०७७ माघ ८ बिहीबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्