
न्यूज ब्यूरो, सर्लाही । प्रदेश नम्बर २ को सर्लाहीमा मँगलबार ट्रयाक्टरको स्टेरिँगमा च्यापिएर एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।
सर्लाहीको बलरा नगरपालिका स्थित ट्र्याक्टरको स्टेरिँगमा च्यापिदा चालकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृत्यु हुनेमा ट्रयाक्टर चालक रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नम्बर ८ विनगरा टोल बस्ने बर्ष १८ को अवधेश पटेल रहेको प्रहरीले जनाएको छ।
बलरा नगरपालिका वडा नम्बर ५ फुलवरिया स्थित बैजुनाथ सुगर मिलको धर्म काँटामा ना २ त ६९३४ नम्बरको ट्रयाक्टर काँटाबाट निकाल्ने क्रममा ट्रयाक्टर स्टेरिँगमा च्यापीन गई मृत्यु भएको प्रहरीको कथन छ ।
घटनास्थलमा मुचुल्का सहितको प्रहरी टोली खटी गई मृतक लासको मुचुल्का सहितको कार्य गरी लास पोस्टमार्टमको लागी जिल्ला अस्पताल मलगंवा तर्फ पठाईएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
'अपन नेपाल' - कविता
- २०७७ फाल्गुण १२ बुधबार
- राज कुमार साफी
नेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन
पूरा पढ्नुहोस्