'राम अशिष' को एक अनौठो तथ्य, चीन भ्रमणमा यसरी बाँचे

२०७५ बैशाख १ शनिबार
रति ९:५७ बजे
न्यूज ब्यूरो, डेस्क


काशिन्द्र शर्मा ||
जनकपुरधाम, १ बैशाख ।
मुलुककै चर्चित समाजसेवी मध्ये पनि एक प्रसिद्ध नाम हुन - 'राम अशिष यादव'

 

 

जनकपुरको गँगासागर सरसफाई अभियानका सँयोजक समेत रहेका प्रदेश नं. २ का प्रदेश सभा सदस्य राम अशिष यादवले चीन भ्रमणमा जाँदा समग्र टोलीलाई नै चकित पारे । 

समाजिक अभियन्ता सहित क्लीन एण्ड ग्रीन जनकपुरका अभियानी समेत रहेका प्रदेश सभा सदस्य यादव चीन भ्रमणमा रहँदासम्म उताको खाना खाएनन् ।

 

 

गत चैत्त ११ गतेदेखि २१ गतेसम्मको १० दिने चीन भ्रमणमा गएका यादव जनकपुरबाटै लगेको सत्तु र चिउरा र मुँगफली खाएरै बिताए । 

 

भोजनको मामिलामा माँशाहारीको लागि अति उत्तम देश मानिएका चीनमा यादवले १० दिन रहँदासम्म मात्र सत्तु, चिउरा र मुँगफली खाएरै थप उर्जा सहित चीनको विभिन्न विकास नीति नियमबारे बुझेर आए । 

 

मलाई मिथिलाको नास्ता र भोजनमा प्राण छ , सत्तु, चिउरा र मुँगफली बदाम यसकारण जनकपुरबाटै पोटरी बाँधेर लगे की, पहिलो पटक चीन जाँदै थिए, त्यहाँको खाना, भोजनको बारेमा पढेको थिए । त्यसै पनि चीनमा १० दिनसम्म कुनै भोजनमा हात लगाएन, मात्र फलफूल नै खाए । उनले न्यूज ब्युरोसँग भने । 

 

उनले १० दिनसम्म सत्तु, चिउरा, मुँगफली र फलफूल मात्र खाएर यहाँभन्दा तन्दुरुस्त महसुस गरेको सुनाए । 

"यहाँ त २ दिनभन्दा बढी मात्र भात वा रोटी नखाए कस्तो कस्तो हुन थाल्छ, तर खानाको सन्दर्भ थिएन की खाना के छ, जोस र जाँगर त त्यहाँ थियो की मसँग जनकपुरको नास्ता सत्तु, चिउरा र मुँगफली थियो ।" उनले थपे । 

 


चीन भ्रमणबाट हाँसिल भएका उपलब्धी 

 

संघीय समाजवादी फोरम नेपालकी नेतृ तथा साँसद रेणु यादवको नेतृत्वमा गत चैत्त १० गते चीन प्रस्थान गरेका १५ सदस्यीय टोली एक राजनीतिक पार्टीको निमन्त्रणमा गएको थियो । 

चीनको चाईना कम्युनिष्ट पार्टी  सिपीसी को आमन्त्रणमा गएको उक्त टोलीमा यादवले ४० वर्षमै चीनको विकास बारे सुनाए । 

 

 

१० दिने भ्रमणको क्रममा चीनको विकासको मोडालिटी बारे गहन रुपमा बुझेको बताउँदै चीनमा संघीयता लागु भएकोले यति शिघ्र विकास पाएको बताए ।

उनले भने, हाम्रो देश त अहिले भर्खर संघीयतामा प्रवेश गरेकै हो, अहिले सुरुवात मात्र छ । विस्तारै अब देश विकासको गति लिन्छ । 

 

चीनमा समान अधिकार र विकासको नीति भएकै कारण यतिको शिघ्र विकासको चर्मोत्कर्षमा पुगेको बताउँदै नेपालमा नीति नै फरक भएकोले तथा संघीयताकै अभावमा विकासबाट पछि हटेको थपे । 

 


चीनमा हरेक ३ सेकेन्डमा एक जना गरिब धनी बन्छ

 

चीन भ्रमणबाट आएका प्रदेश सभा सदस्य यादवले चीनमा मात्र विकासको उदेश्य भएकोले हरेक ३ सेकेन्डमा एक गरिबलाई धनि बनाउँदै गरेको छ । 

उनले भने, चाईनामा हरेक ३ सेकेन्डमा एक गरिब धनीमा परिणत हुन्छ, लक्ष्य मात्र विकास रहेको छ शायद त्यसैले सम्भव छ , तर हाम्रो देशमा विभिन्न मुद्दाहरु भएकोले विकास पछि परेको छ । 

 


सरसफाईको देश चाईना

 

चीनको राजधानी बेईजिँगको बीचबाटै नदी प्रवाह भएपनि नदीमा समेत अनुशासन लगाएको छ । बीच शहरबाटै नदि गएपनि अहिलेसम्म एउटा नै बाढीपीडत नभएको बताए । 

हरेक ठाउँमा सरसफाईको दृष्टिकोणले समेत उच्च स्थानमा चीन रहेको बताउँदै सफाईको नीतिले समेत विकासमा टेवा पुरयाएको बताए । 

 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus