मधेश प्रदेशको नयाँ प्रदेश प्रमुखमा एमालेकी सुमित्रा भण्डारी सिफारिस

२०८० फाल्गुण २९ मंगलबार
बिहान १०:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको नयाँ प्रदेश प्रमुखको लागि एमालेकी सुमित्रा सुवेदी भण्डारीलाई सिफारिस गरिएको छ । काँग्रेस कोटामा प्रदेश प्रमुख बनेका हरिशँकर मिश्रलाई सोमबार हटाउँदै भण्डारीलाई प्रदेश प्रमुखमा सिफारिस गरिएको हो । 

६२ वर्षीया भण्डारीलाई एमाले अध्यक्ष ओलीकै प्रस्तावमा मधेशको प्रमुख बनाइएको स्रोतको दाबी छ । ‘भण्डारीजीलाई राजदूत बनाउन नसकेको गुनासो अध्यक्ष ज्यूलाई थियो’,एक नेताले भने,‘त्यही कारण प्रदेश प्रमुख बनाइयो ।’

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको झापा जिल्लामा तीनपटक अध्यक्ष बनेकी भण्डारीसँग नेपाल परिवार नियोजन संघ, दमकस्थित खानेपानी उपभोक्ता समिति, जिल्ला शिक्षा समिति लगायतका संघ संस्थामा काम गरेको अनुभव छ । 

 २०७८ वैशाखमा केपी ओली नेतृत्वको अल्पमतीय सरकारले विभिन्न ११ देशमा राजदूत सिफारिस गर्दा एमालेकी पुरानो कार्यकर्ता भण्डारीलाई डेनमार्कको राजदूत प्रस्ताव गरेका थिए । तर, सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न ‘परमादेश’ दिएपछि ओली सरकार ढलेको थियो । सरकार ढलेसँगै भण्डारीको राजदूत बन्ने प्रक्रिया अन्त्य भएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

टोलभेला देखि घरदैलो कार्यक्रमसहित जनकपुर रुपैठा विद्यालयको भर्ना अभियान तीव्र

  • २०८० फाल्गुण २९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, रुपैठा ले शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान सुरु गरेको छ। विद्यालयले नयाँ शैक्षिक

पूरा पढ्नुहोस्

Bureau Menus