
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiआइसोलेसन केन्द्रमा कोरोना सङ्क्रमितका लागि नियमितरूपमा चिकित्सकीय उपचार तथा परामर्श सेवा उपलब्ध

२०७७ भदौ ६ शनिबार, बिहान ८:०७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, बीरगँज । समाजिक सँस्था सानो पाईलाले प्रदेश नं. २ को बीरगँजमा पौष्टिक आहार सहितको ४० सैयाको आईसोलेशन सँचालनमा ल्याएको छ ।
सीसीएमसी र पर्सा जिल्ला स्तरीय डीसीएमसीसँगको सहकार्य र समन्वयमा वीरगञ्जमा अर्को सामुदायिक आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको जनाइएको छ ।
यसअघि विभिन्न ठाउँमा पौष्टिक भोजन सहितको उच्चस्तरीय आईसोलेशन सँचालन गर्दै आएको समाजिक सँस्था सानो पाईलाले वीरगन्ज महानगरपालिका वडा नं २५ स्थित होटेल वाटिका ईन्टरनेशनलमा पनि ४० सैयाको आईसोलेशन केन्द्र सुरुआत गरेको छ ।
संविधान सभाका सदस्य एवम् प्रतिष्ठित उद्दोगी अनिल रूङ्गटा, प्रदेश २ सभा सदस्य डा. अन्जु कुमारी यादव (बुढानिलकण्ठ स्कूल पूर्व विद्यार्थी समाज), सहायता नेपाल , अमेरिका–नेपाल मेडिकल फाउन्डेसन , राष्ट्रिय आविस्कार केन्द्र र क्रियशन नेपाल सँगको सहकार्यमा सामुदायिक आइसोलेसन केन्द्र सञ्चालन गरिएको हो।
यस सामुदायिक आइसोलेसन केन्द्रमा कोरोना सङ्क्रमण भएका सर्वसाधारणलाई राखिने सानो पाईलाद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसअघि कलवार धर्माशालामा सञ्चालन गरिएको ४० सैयाको आइसोलेसनमा कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई राख्दै आएको हो ।
होटलमा सँचालन गरिएको यो आइसोलेसन केन्द्रमा कोरोना सङ्क्रमितका लागि नियमितरूपमा चिकित्सकीय उपचार तथा परामर्श सेवा उपलब्ध गराइने छ। यहाँ एक मेडिकल अधिकृतसहित चार जना पारामेडिकल कर्मचारीको उपलब्धता हुनेछ। त्यस्तै नारायणी अस्पतालका विज्ञ डक्टरबाट नियमितरुपमा आइसोलेसन केन्द्रमै पुगेर परामर्श सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ ।
“हामी साथ छौं” भन्ने ध्येयका साथ सञ्चालन गरिएको सानो पाइलाको यो अभियान मानव सहयोगका लागि मानव भन्ने सूत्रमा आश्रित रहेको जनाइएको छ ।
“यो अभियानमा हामीलाई साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं। आइसोलेसन केन्द्र सञ्चालन गर्न राज्यका विभिन्न सरोकारवाला निकायहरूको समन्वयकारी भूमिका र सहयोग हामी सदैव स्मरण गरिरहने छौं। सीसीएमसी र जिल्ला स्तरीय डीसीएमसीको सहयोगी व्यवहार हाम्रा लागि थप उत्प्रेरक बन्ने विश्वास हामीले लिएका छौं।”– विज्ञप्तीमा उल्लेख छ ।
सानो पाइलाले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेयता निशुल्क भोजन, स्वास्थ्य सामाग्री वितरण, एकिकृत हेल्प डेस्कसहित कोभिड–१९ का संक्रमितहरुलाई प्रदेश २मा पौष्टिक भोजन खुवाउदै आएको छ ।
वर्तमान बिषम परिस्थितीमा सानो पाइलालाई यो अहम तथा महन्तवपूर्ण मानविय कार्यको जिम्मेबारीका लागि हौसला दिने अस्पताल प्रशासन, स्थानिय प्रहरी प्रशासन, पालिका प्रतिनिधी, नागरिक अगुवा र राजनीतिक दलका प्रतिनिधी तथा संचारकर्मीहरुप्रति अभार समेत प्रेस विज्ञप्ति मार्फत प्रकट गरिएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
२०८३ कार्तिक १३ शुक्रबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ काम सुरु गर्नुअघि त्यसको तयारी पूरा गर्नुहोला। कसैले तपाईंको काममा प्रश्न उठाए रिसाउनुको सट्टा कारण बुझाउनुहोस्। घरमा चाहिएको सामान किन्नुपर्ने हुन सक्छ। धेरै बेर खाली पेट नबस्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
Troll Nepal · २०८३ कार्तिक ६ शुक्रबार
सहकारीको हैन नी !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…