राधेश्याम कुशवाहा, सर्लाही | सर्लाही । कोइरी जातीले आफ्नो नाममा विभिन्न थरको प्रयोग गर्दै आएको भएपनि राष्ट्रिय जनगणना, २०७८ मा जातरजातीमा कोइरी वा कुशवाहा मात्र लेखाउने निर्णय गरेको छ ।
नेपालमा कोईरी कुशवाहाको कुल जनसंख्या १० लाख भन्दा बढी रहेको नेपाल कुशवाहा कल्याण समाजले दाबी गरेपनि २०६८ सालको जनगाणा अनुसार नेपालको कुशवाहाको कुल संख्या ३०६,३९३ रहेका छन जुन नेपालको कुल जनसंख्याको १.१६५ प्रतिशत रहेका छन।
मधेसमा यादव, मुस्लिम र तेलि पछि सबैभन्दा बढी बाहुल्यता भएको जाति भएपनि समुदाय शिक्षा, चेतना र राजनितिक क्षेत्रमा भएको सिमित जातिको वचस्र्वका कारण राजतिनितिक, समाजिक, आर्थिक रुपले कुशवाहा समाज अफ पनि धेरै पछाडी रहेका छन।
यस अघिको राष्ट्रिय जनगणनामा कोइरी जातीले थर अनुसार जातरजाती लेखाउने गरेकोले कोइरी जातीको वास्तविक संख्या र पहिचान खुल्न नसकेको ठहर गर्दै राष्ट्रिय जनगणना, २०७८ मा जातरजातीको महलमा कोइरी वा कुशवाहा र सर्लाही जिल्लाको हकमा भाषा र मातृभाषाको महलमा मगही वा बाञ्जिका मात्र लेखाउने निर्णय गरेको छ ।
यसबाट कोइरी समुदायको वास्तविक संख्या र पहिचान खुल्ने विश्वास गरिएको छ । यसका लागि क्षेत्र, पालिका हुँदै वडा स्तरमा जनजागरण अभियान सञ्चालन गर्ने समाजले निर्णय गरेको छ ।
नेपालको तराई तथा भित्री मधेसमा सबैभन्दा बसाई रहेको कुशवाहा समाजमा मानिसहरुले प्रयोग गर्ने विभिन्न थरका कारण पनि नेपालमा कुशवाहाको संख्या कम हुन गएको कुशवाहा अगुवाहरुको कथन रहेका छन । मधेसमा कुशवाहा समाजका मानिसहरु कोईरी, महतो, सिंह, भगत लगायतका थर प्रयोग गर्नेका कारण कुशवाहा समाजको वास्तविक संख्या को गणना हुन नसकेको जानकारहरुका कथन रहेका छन ।
अल्पसंख्यक समूदाय अन्तर्गत पर्ने कुशवाहा(कोइरी) जातिको संगठन नेपाल कुशवाहा कल्याण समाजले कुशवाहा जातिलाई अगाडी बढ्न राजनीति सहभागिताको खाँचो रहेको सुनिल कुशवाहाले बताए ।
घोषित संविधानमा सम्मानित रुपमा कुशवाहा जातिको पनि पहिचान हुनुपर्ने थियो तर कुशवाहा समुदायसंग राज्य वैमानी गरेकोे बताए । कुशवाहा समाजको हकहित तथा विकासको लागि एकताका साथ अगाडि बढ्नु पर्नेमा जोड दिइएको छ । अधिकार दिन कुशवाहाहरु एक जुट भई अघि बढ्नु पर्ने औंल्याएका छन् ।
उनले भने,‘कुशवाहा समाजलाई अगाडी बढाउन कुशवाहा समाजमा रहको कुरुतीलाई हटाउनु पर्छ । यसको लागि कुशवाहा समाजलाई नेतृत्व गर्ने सक्षम नेतृत्व पंक्तिको आवश्यक छ ।’ नेपालको राजनीतिमा कुशवाहारुको हिस्सेदारीमा पहुँचको आवश्यकता रहेको ठहर गरे ।उनले भने,‘राजनीति पहुँचमा कुशवाहा नहुँदा यिनको पहिचानसंकटमा छ । गाउँ—गाउँबाट राजनीतिक चेतना सहित राजनीतिमा कुशवाहरु सक्रिय बन्नु पर्ने आजको आवश्यकता छ ।’
कुशवाहा समाजमा राजनीतिक सचेतनामुक जनजागर कार्यक्रमको आवश्य रहेको बताए । ‘राज्यको हरेक निकायमा पुग्न राजनीतिक रुपमै कुशवाहा समाजको हिसादारीको आवज उठाउनु पर्छ ’ उनले भने,‘ कुशवाहाहरुको जनसंख्याका ेआधारमा हरेक निकायमा समावेशी समानुपातिक प्रतिनीधित्व राज्यले ग्यारेन्टी गर्नु पर्छ ।’
कुशवाहा खेतिहर(कृषि कर्म गर्ने ) जाति भएकोले सरकारले सहुलियत दरमा ऋणको व्यस्था गर्नु पर्नेमा शिक्षाप्रेमी समाजिसेवी रामचन्द्र महतोले जोड दिदैं भने,‘कुशवाहालाई अगाडी बढाउन मोहर लगाउने सबालमा एक पटक सोचेर मोहर लगाउन सबैमा कुशवाहामा आग्रह गरेको बताए।
कुशवाहालाई चुनावमा जिताउन कुशबाहाले सहयोग नगरेको कारण संविभान सभामा कुशवाहाको अधिकारको चर्चा भएको छैन ।’ कुशवाहा समाज नयाँ सोंच सहित मिसन र भिजनका साथ कुशवाहा समाजका नेतृत्वहरु अघि बढ्नु पर्छ ।’
कुशवाहा जातिको पहिचान संविधानमा समावेश नहुनु दुःख्द कुरा रहेको ृ महतोले बताए । अन्याय, अत्याचार र विभेदका विरुद्ध कुशवाहा समाज अब चुप लागेर नबस्ने सरकारलाई चेतावनी दिए । उनले भने,‘कुशवाहा समाज अब कसैको अन्याय, अत्याचार र शोषण सहनेवाला छैन, शोषक समान्तिहरु कान खोलेर सुने हुन्छ ।’
‘कुश्वाहा कसैको गुलामी नगर्ने जाति हो,’ कुशवाहा समाज वुद्धिजीवि र सक्षम समुदाय रहेको बताउदै बंजर भूमिलाई खनजोत हरियाली बनाई सागसब्जी उब्जनी गरेर आफूपनि बाँच्छ, अरुलाई पनि बचाउँदै आएको छ । ’
कुशवाहा समाजमा जातीय सदभाव तथा जातीय द्वन्द्व न्यूनीकरण गर्न समग्र कुशवाहा बन्धुको राजनीतिक , समाजिक उत्थान र नेतृत्व विकासमा अहम भुमिका निर्वाहको उदेश्य र कुशवाहा समाजको उत्थान ,प्रगति जातीय समस्या ,कुरुतीहरु न्यूनीकरण गर्नुपर्ने महतो ले बताए । अहिले पनि कुशवाहा समाजमा आपसी मेलमिलाप र अ आफ्नो ठाँउबाट सहयोगको भावना सम्पुर्ण कुशवंशिमा हुन नितान्त जरुरी देखीको बताए ।
कुशवाहा समाजलाई अगाडी बढाउन कुशवाहा समाजमा रहको कुरुतीलाई हटाउनु पर्छ । यसको लागि कुशवाहा समाजलाई नेतृत्व गर्ने सक्षम नेतृत्व पंक्तिको आवश्यक छ ।’ जातीय रुपान्तरणको महाअभियानमा हामी लागेका बताउदै समग्र कुशवाहा बन्धुको उत्थान तथा सम्मान गर्दै जय कुशवंशिको नारा जयमान गरे ।
कार्यक्रममा उठेको विषयवस्तुमा वीर बहादुर महतो, सुनिल कुशवाहा र रामचन्द्र महतोले सहजीकरण गर्नु भएको थियोे ।
कार्यक्रम नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्य समिति, सर्लाहीका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय उपेन्द्र प्रसाद कुशवाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन भरतलाल महतोले गर्नुभएको थियोे ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०७७ माघ ७ बुधबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्






