यो कस्तो शिक्षालय ?

जनकपुरः होमवर्क नबनाएको भन्दै प्रिन्सीपलकी श्रीमतिले बालकको हात भाँचिदिइन

होम वर्क नबनाएको भन्दै सिद्धार्थलाई शिक्षिका शोभा साहले दाहिने हातमा पाइपले हिर्काएकी उनका बुवा जीतेन्द्रले बताए ।

२०७८ भदौ २६ शनिबार
बिहान ०९:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको एक बोर्डिङग स्कूलमा प्रिन्सीपलकी श्रीमतिले बायरिँग पाईपले बच्चालाई पिटेपछि हातको हड्डी भाँचिएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको स्वास्तिक ईङगलिस बोर्डिङग स्कूलमा कक्षा ४ मा अध्ययनरत ८ बर्षिय बालकलाई बिजुलीको बायरिँग गर्ने पाइपले पिटेपछि हातको हाड क्रेक भएको छ । 

स्कूलका प्रिन्सीपल श्याम सुन्दर साहकी श्रीमति समेत रहेकी शिक्षिका शोभा साह एवं शिक्षक रब्बानी हुसैले बालकलाई पाइपले पिटेपछि हातको हाड क्रेक भएको आरोप परिवारजनले लगाएको छ । 

सोही ठाउँ बस्ने स्थानीय जीतेन्द्र ठाकुरका ८ बर्षिय छोरा सिद्धार्थ ठाकुरलाई होमवर्क नगरेको झोंकमा शिक्षिका शोभा साहले उनलाई वायरिँग गर्ने पाईपले हिर्काएको आरोप परिवारजनको छ । सिद्धार्थलाई दाहिने हातमा पाइप प्रहार गरेपछि क्रेक भएको थियो । 

सिद्धार्थका बुवा जीतेन्द्र ठाकुरका अनुसार, शिक्षिका शोभाले हिर्काएकै ठाउँमा भोलीपल्ट शिक्षक रब्बानीले समेत डस्टरले हिर्काएपछि पीडा असहय भएको सुनाए । “छोरा चिच्याउँदै घर आए । सोही टोलमा रहेको चिकित्कससँग औषधी उपचार गराए तर, निको भएन । पछि डाक्टर कहाँ लगेपछि एक्सरेमा हातको हाड क्रेक भएको देखियो ।”– उनले भने । 

होम वर्क नबनाएको भन्दै सिद्धार्थलाई शिक्षिका शोभा साहले दाहिने हातमा पाइपले हिर्काएकी उनका बुवा जीतेन्द्रले बताए । सोही दिन चिच्याउँदै सिद्धार्थ घर आएपछि आफू गुनासो बोकेर स्कूल जाँदा आफूलाई फकाएर घर फर्काउँदै औषधी उपचार गरिदिने भनेको सुनाए । 

विद्यालयका प्रिन्सीपल साहले आफूलाई फकाएर घर पठाएको भोलीपल्ट नै पुनः सिद्धार्थलाई सोही विद्यालयमा पढाउने शिक्षक रब्बानीले समेत शोभाले हानेकै ठाउँमा डस्टर प्रहार गरेपछि झन हाड क्रेक भएको सुनाए । 

यता, स्कूलका प्रिन्सीपल साहले भने सिद्धार्थको हातमा पहिलेदेखि नै चोट लागेको दाबी गरे । उनले घरैमा उनलाई हातमा चोट लागेको तथा होमवर्क नल्याउँदा शिक्षिका शोभाले साधारण रुपमै स्टीक (छडी) ले हिर्काएको दाबी गरे । उनका अनुसार, शोभाले पाइपले हानेको होइनन् । 

यसका साथै, सोही कक्षा पढाउने शिक्षक रब्बानीले समेत उनलाई मार्करले साधारण रुपले हिर्काएको दाबी गरे । यद्यपी, आफू सिद्धार्थको सबै उपचार खर्च व्यवस्थापन गर्ने पनि बताए । 

यता, सिद्धार्थका बुवा जीतेन्द्रले भने आफूलाई उपचार खर्च नभएर न्याय चाहिएको बताए । बच्चालाई जनावर जस्तै कुटपिट गर्नु अमानवीय रहेको बताउँदै उनले न्याय खोजेको सुनाए । उनले भने, –“बच्चालाई स्कूल भर्ना गर्ने बेलामा मह लगाउने यीनीहरुमा यस्तो अनुशासन हो भनेर बुझेको भए आफ्नो छोरालाई त्यो स्कुलमा पठाउने थिएनौ ।”

सोही क्रममा जनकपुरका युवा सरोज मिश्रले बालकप्रति यस्तो अमानवीय व्यवहार गर्ने विद्यालयको रजिष्ट्रेशन खारेजीको माग गरेका छन् । उनले प्याबसन, एनप्याबसनका पदाधिकारीले तुरुन्त एक्सन लिएर दर्ता खारेजीको माग गरेका छन् । 

  • 11%
  • 2%
  • 2%
  • 0%
  • 39%
  • 3%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७८ भदौ २६ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus