न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरी बल सिरहामा नवनिर्मित बहुउदेश्यीय हल र बिओपी भवनको एक कार्यक्रमबीच उदघाटन गरिएको छ ।
सोमबार सशस्त्र प्रहरीको सँगठन प्रमुख (स.प्र.म.नि.) शैलेन्द्र खनालले नव निर्मित भवनहरुको उदघाटन गरेका छन् । सिरहाको सदरमुकमास्थित नव निर्माण गरिएको बहुउदेश्यीय हल र बिओपी लगडिगदियानीस्थितको ब्यारेक भवनलाई उदघाटन गरेका हुन् ।
सिरहास्थित रहेको सशस्त्र प्रहरी ६ नम्बर गण सिरहाको परिसरमा नयाँ निर्माण गरिएको भवनको उदघाटन गरिएको हो । उक्त बिओपी ब्यारेक भवन उदघाटनको लागि कार्यालय नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डिआईजी चन्द्रप्रकाश गौत्तमको विशेष उपस्थिति र प्रमुख आतिथ्यमा भवनको उदघाटन गरिएको हो ।
सो क्रममा नेपाल सुरक्षा वेश सुखिपुरलाई जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई सम्मान समेत गरिएको सशस्त्र प्रहरी गण ६ का डिएसपी बिनोद थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी ६ नम्बर गणको प्रमुख दिपेश गिरि, स्थानीय भद्रभलादमी, बुद्धिजीवी, जेष्ठ नागरिकको रोहबरमा भवन उदघाटन गरिएको हो ।
राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ
- २०७८ भदौ २९ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् । देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले
पूरा पढ्नुहोस्