स्कूल पढने बालकको खातामा ९ अर्ब ६० करोड रुपैयाँ, बैँकमा हलचल

 बैंकका बरिष्ठ अधिकारीलाई यसबारे जानकारी दिइसकिएको छ ।

२०७८ भदौ ३१ बिहीबार
बिहान ११:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । विद्यालय पढने बालकको बैँक खातामा ९ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको देखेपछि बैँकका कर्मचारीहरुमा समेत हलचल मच्चियो । 

छिमेकी मुलुक भारतको बिहारका २ जना स्कुले बालकको खातामा ९ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको पाइएपछि सबै चकित परेका छन् । 

बिहारको कटिहारमा यी स्कुले बालकको खातामा यति धेरै रकम देखेपछि ती छात्रहरुका साथै बैंक अधिकारीहरु पनि चकित परे । यो कुरा त्यस क्षेत्रमा फैलिएपछि अरु मानिसहरुले पनि आफ्नो खाता चेक गर्न थाले । त्यसपछि बैंकमा खाता चेक गर्ने मानिसहरुको लाइन लाग्यो ।

हिन्दूस्तान दैनिकलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएअनुसार यी दुई बालक स्कुल पोसाकको लागि बिहार सरकारले बैंक खातामा पठाइदिने रकमबारे जानकारी लिनको लागि आजमनगर थाना क्षेत्रको पस्तियाँ गाउँको एसबीआइ बैंकको शाखामा गएका थिए । 

यी दुईले बैंकमा गएर आफ्नो खाताको जानकारी मागेपछि उनीहरुको खातामा यति धेरै रकम जम्मा भएको खुलासा भएको हो ।

रिपोर्टका अनुसार यी दुईको बैंक खातामा ९ अर्ब ६० करोड रुपैयाँ आएको थियो । दुई छात्रमध्ये एक गुरुचन्द्रको खातामा ६० करोड रुपैयाँ जम्मा भएको थियो भने असित कुमारको खातामा ९ अर्ब रुपैयाँ जम्मा भएको थियो ।

 यो सुनेर यी दुई छात्र, उनीहरुको आसपास भएका सेवाग्राहीसहित बैंकका कर्मचारी पनि चकित परेका थिए । यही बीचमा बैंकका म्यानेजरले यसबारे जानकारी पाएपछि दुवै खाताको भुक्तानी रोकिदिएका छन् । उनका अनुसार यस विषयमा जाँच भइरहेको छ ।

 बैंकका बरिष्ठ अधिकारीलाई यसबारे जानकारी दिइसकिएको छ ।

  • 6%
  • 76%
  • 7%
  • 4%
  • 4%
  • 2%

सर्लाहीः मुसैली पोखरी विवाद थप उग्र हुँदै, निर्माण नहुँदै भत्किन थाल्यो पर्खालहरु

  • २०७८ भदौ ३१ बिहीबार

न्यूज ब्यूरो, सर्लाही ।  सर्लाहीको मंलगवा नगरपालिका स्थित मुसैली पोखरी सौन्दर्यीकरणको विवाद थप उग्ररुप लिएको छ ।  ठेकेदारले सर्लाहीको मलंगवा नगरपालिकामा प्रदेश २ सरकारद्वारा संचालित योजनामा गुणस्तरहिन निमार्ण सामग्री प्रयोग गरी

पूरा पढ्नुहोस्

Bureau Menus