प्रहरी नीरिह की प्रशासन ?

ओरकेष्ट्रा रोक्न गएका प्रहरीमाथि ढुँगामुढा, असई सहित ४ प्रहरी घाईते 

सोही क्रममा ईलाका प्रहरी कार्यालय माडरका प्रहरी हबल्दार देव नारायण यादवको टाउकोमा समेत चोट लागेको बताइएको छ ।

२०७८ असोज ४ सोमबार
दिउसो १२:४२ बजे
न्यूज ब्यूरो, डेस्क
यो तस्विर गुगलबाट लिएर साँकेतिक प्रयोजनको लागि मात्र प्रयोग गरिएको छ ।

न्यूज ब्यूरो, सिरहा । ओरकेष्ट्रा भइरहेको बेला रोक्न गएका प्रहरी अधिकारीहरु उपर स्थानीयहरुले ढुँगामुढा गर्दा असई सहित ४ जना प्रहरी घाईते भएका छन् । 

प्रदेश २ को सिरहा जिल्लास्थित सो घटना भएको हो । सिरहा जिल्लामा स्थानीय प्रशासनले प्रतिबन्ध गरेको ओरकेष्ट्रा कार्यक्रम रोक्न जाँदा स्थानीयहरुले नै प्रहरीमाथि ढुँगामुढा गरेको बताइएको छ । 

सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर २१ लकडीगोठस्थित विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको ओरकेष्ट्रा कार्यक्रम रोक्नको लागि प्रहरी पुगेको थियो । प्रहरी चौकी लकडीगोठबाट गएको प्रहरी टोलीले ओरकेष्ट्रा रोक्न खोज्दा स्थानीयहरुले नै अवरोध गरेको प्रहरीले जनाएको छ । 

भइरहेको ओरकेष्ट्रा रोक्नको लागि प्रहरी गएर स्थानीयहरुलाई बन्द गर्न भनेको थियो । स्थानीयहरुले कुनै पनि हालातमा ओरकेष्ट्रा बन्द नगर्ने अडान लिएपछि प्रहरी टोलीले उनीहरुलाई सम्झाई बुझाई गरेको थियो । तर, स्थानीयहरुले जसरी पनि ओरकेष्ट्रा कार्यक्रम गराउने भनेपछि प्रहरीसँग विवाद र त्यसपछि झडप भएको थियो । 

विवाद भएपछि प्रहरी चौकीले थप प्रहरी मगाएको थियो । मदतको लागि ईलाका प्रहरी कार्यालय माडर र प्रहरी चौकी खिरौनाको टोली समेत ओरकेष्ट्रा बन्द गराउनको लागि पुगेको थियो । सोही क्रममा स्थानीयहरुले एकाएक प्रहरीमाथि ढुँगामुढा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभास बुढाथोकीले जानकारी दिए । 

स्थानीयहरुले गरेको ढुँगामुढाको क्रममा प्रहरी चौकी खिरौनाका प्रहरी सहायक नीरिक्षक (असई) रामपुकार चौधरीको टाउकोमा चोट लागेको बताइएको छ । स्थानीयहरुले फालेको रोडा लागेर चौधरी घाईते भएको बताइएको छ । 

सोही क्रममा ईलाका प्रहरी कार्यालय माडरका प्रहरी हबल्दार देव नारायण यादवको टाउकोमा समेत चोट लागेको बताइएको छ । लकडीगोठ प्रहरी चौकीमा कार्यरत प्रहरी हबल्दार राज नारायण साहको समेत टाउकमै चोट लागेको हो । दुई जनाको अवस्था समान्य रहेको प्रवक्ता बुढाथोकीले जनाएको छ । 

अवस्था सामान्य नभएपछि जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक सुभाष बुझाथोकीको कमाण्डमा खटिएको २५ जना प्रहरी टोली पुग्दा ढुंगामुडा गर्ने मानिसहरू फरार भएको बताइएको छ। फरार रहेकाहरुके खोजी कार्य जारी रहेको डिएसपी बुढाथोकीले बताए ।

तराई मधेशको विभिन्न जिल्लामा चाडपर्वको बेला उत्सवको लागि भारबाट महिला नर्तकी मगाएर नचाउने गरिन्छ । गाउँघरमा ओरकेष्ट्रा भन्ने सो नाचमा उतेजित प्रकारको नृत्य, गीत, हाउभाउ दिँदा दर्शकहरुमै विवाद हुँदै आएको छ । 

सोही विवाद घटनाको रुप लिने गरेको पनि देखिएको छ । विश्वकर्मा पूजाकै अवसरमा महोत्तरीमा मगाएको ओरकेष्ट्राको क्रममा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यू भएको खवर नसेलाउँदै प्रहरीमाथि पनि ढुँगमुढा गरेको हो । 

कुनै ठाउँमा प्रहरीकै सँरक्षणमा ओरकेष्ट्रा हुँदै आएको छ भने कुनै ठाउँमा नेताहरुको पावरले समेत ओरकेष्ट्रा हुँदै आएको छ । आयोजकलाई अहिलेसम्म प्रहरीले पनि कारवाही गर्न सकेको छैनन् । 

  • 1%
  • 94%
  • 1%
  • 1%
  • 1%
  • 0%

हिन्दु सम्राट सेनाकी लक्ष्मी साह पक्राउ

  • २०७८ असोज ४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । दँगा भडकाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले हिन्दु सम्राट सेनाकी सदस्य लक्ष्मी साहलाई पक्राउ गरेको छ ।  विहिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर १ पौडेश्वरस्थित समान्य

पूरा पढ्नुहोस्

Bureau Menus