धनुषाको महेन्द्रनगरमा दोस्रो दशैँ बजार, समानहरु बजारभन्दा सस्तोमा पाईने 

२०७८ असोज २२ शुक्रबार
बिहान ०८:२७ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित दशैं सस्तो बजारको उद्घाटन भएको छ ।

हिन्दुहरुको महान पर्व दशैं दिपावली तथा छठ पर्वको मध्यनजर गरी दोस्रो पटक क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा दशैं सस्तो बजार लागेको छ । 

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्दको प्रमुख आतिथीयमा एक कार्यक्रम बीच दशैं सस्तो बजारको उद्घाटन गरिएको छ । 

कार्यक्रममा नगर प्रमुख पजियार यो संघ पुरानो भएपनि पहिलो चोटी निर्वाचन प्रक्रियाबाट आएका कार्यसमितिहरु आफनो कार्यकालको सुरुवात देखि नै निरन्तर केही न केही कार्यक्रमहरु गर्दै आएकोमा खुसी व्यक्ति गर्दै दशैं सस्तो बजारले यो ठाउँको रौनक्तामा निखार आएको बताए । 

दशैं सस्तो बजारमा उपलब्ध सामग्रीहरुमा कुनै प्रकारको मिसाबट हुन नदिन क्षीरेश्वरनाथ नगरपालिकाका नगर उपप्रमुख रचना माथेमाको संयोजत्वमा बनेको अनुगमन समितिलाई समय समयमा अनुगमन गर्न आग्रह गरे । 

दशैं सस्तो बजार लगाउनमा नगरपालिका बाट पनि सफाईकर्मी, नगर प्रहरी उपलब्ध गराउँदै आएको छ र आगामीदिनमा पनि साथ सहयोग रहनेप्रतिवद्धता जनाए ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको अहिले पनि आफनो भवनको आवश्यकता छ तर यहाँका व्यपारी समाजसेवी लगायतको सहयोगमा आफनै जमिन भयो भने नगरपालिकाबाट भवनको लागी सक्दो सहयोग गर्ने प्रतिवध्ता पनि जनाए । 

अहिले पनि कोरोना काल समाप्त भएको छैन, बजारमा रहेका व्यपारी र ग्राहकहरुलाई समाजिक दुरी कायम गरी खरिद विक्री गर्न आग्रह गर्दै आउने चैत सम्म सम्पूर्ण नगरबासीलाई कोरोनाको भ्याक्सीन लगाउने विश्वास दिलाए ।

 कार्यक्रममा नगर उपप्रमुख रचना माथेमा, समाजसेवी मित्रलाल गिरी, पूर्व अध्यक्ष रामजी सिंह, इश्वरी प्रसाद अधिकारी, बासुलाल महतो, खेलकुद महासंघ प्रदेश २ का संयोजक कमल किशोर चौधरी, वडानम्बर ४ का वडाध्यक्ष जगदिस यादव, ५ का जिवछ मण्डल, विभिन्न पर्टी प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका सचिव अजय कुमार महतोले गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७८ असोज २२ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus