नेपाली काँग्रेस पार्टी कहिल्यै कमजोर हुँदैनः नीधि 

उनले सँगठनभित्रको उचार चढाव र केही व्यक्तिहरुले पार्टीको साख खसाउन परिचालित भएपनि काँग्रेसलाई खसाउन नसक्ने बताए ।

२०७८ असोज २७ बुधबार
बिहान ०९:४० बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति एवम् पूर्वमन्त्री विमलेन्द्र नीधिले नेपाली काँग्रेस पार्टी कहिल्यै कमजोर नहुने बताएका छन् । 

देशमा ठुलो शक्तिको रुपमा स्थापित नेपाली काँग्रेसको सँगठनमा आपसी मतभेद हुँदा कमजोर देखिएपनि पार्टी भित्रैबाट बलियो रहेको दाबी गरेका छन् । 

मँगलबार धनुषाको क्षीरेश्वरनाथको महेन्द्रनगरस्थि क्षेत्रीय कमिटिले आयोजना गरेको दशैँ, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नीधिले देशमा नेपाली काँग्रेस सदैव ठुलो पार्टीको रुपमा रहने ठोकुवा गरे । 

उनले नेपाली काँग्रेसभित्र केही तत्वहरुले गद्दारी र लोभ लालचको कारण सँगठन केही हदसम्म कमजोर देखिएको बताउँदै भित्रैबाट नेपाली काँग्रेस अझै बलियो रहेको दाबी गरे । 

नेता नीधिले नेपाली काङ्ग्रेसको आउँदो अधिबेशनमा पार्टी प्रति इमानदार रहेका दक्ष ब्यक्ति जो सदैब पार्टी हितमा रहने र पार्टीलाई आउने दिनहरूमा मजबुत बनाउन सक्ने खालका योग्य ब्यक्तिलाई सर्वसम्मतले निर्वाचित गर्नुपर्नेमा जोड दिए । 

सोही क्रममा अध्यक्षता गरेका क्षेत्रीय सभापति एवम् धनुषा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजीयारले नेपाली काँग्रेस देशमा कमजोर भएको तथ्यालाई खण्डन गर्दै तराई मधेशमा झन बलियो हुँदै गएको दाबी गरे । 

उनले सँगठनभित्रको उचार चढाव र केही व्यक्तिहरुले पार्टीको साख खसाउन परिचालित भएपनि काँग्रेसलाई खसाउन नसक्ने बताए । चाडपर्वहरुको शुभकामना दिँदै मेयर पँजीयारले आगामी चुनावमा पनि नेपाली काँग्रेस देशको ठुलै शक्तीको रुपमा आउने विश्वास जनाए । 

चियापान कार्यक्रममा बिशिस्ट अतिथि केन्द्रीय नेता एवम् पूर्व खानेपानी मन्त्री महेन्द्र यादव ,केन्द्रीय नेता एवम् पूर्व कृषि मन्त्री राम कृष्ण यादव , प्रदेश २ को भौतिक तथा पुर्वाधार मन्त्री राम सरोज यादव लगायत संघीय साँसद, प्रदेश साँसद ,जिल्ला कमिटी, क्षेत्र कमिटी,पालिका कमिटी वार्ड कमिटी ,निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७८ असोज २७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus