आस्थामाथि प्रहार ?

जनकपुरको जानकी मन्दिर विवाहमण्डपमा 'ईस्लामिक झण्डा' फहराईयो 

विगत केही महिनादेखि निरन्तर विवाहमण्ड, जानकी मन्दिर लगायत अन्य धार्मिक स्थलहरुमा गर्न नहुने गतविधिहरु गर्दै आएको देखिन्छ ।

२०७८ असोज ३० शनिबार
दिउसो ४:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध एवम् हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिर विवाहमण्डपमा ईस्लामिक झण्डा फहराईएको छ । 

हिन्दुहरुको आस्थाको केन्द्र रहेको रामजानकी विवाहमण्डपमा पसेर स्थानीय एक युवकले ईस्लामिक झण्डा फहराउँदै भिडियो बनाएका छन् । सो भिडियोमा उनले “मोहम्मद डे ईज कमिङग” क्याप्सन राखेका छन्  ।

विगत केही महिनादेखि निरन्तर विवाहमण्ड, जानकी मन्दिर लगायत अन्य धार्मिक स्थलहरुमा गर्न नहुने गतविधिहरु गर्दै आएको देखिन्छ । यसप्रति सरोकारबालाहरुले केही नबोलेपनि स्थानीय अगुवाहरु पटक पटक धार्मिक स्थलमा यस्ता गतिविधि नगर्न चेतावनी दिएपछि बलपूर्वक यस्ता गतविधिलाई मूर्तरुप दिने गरिएको देखिन्छ । 

विभिन्न समयमा जानकी मन्दिर, विवाहमण्डपमा निषेध गरिएको गतिविधिहरुमा किशोर किशोरीहरु देखिएका छन् । विवाहमण्डमा हिन्दु धर्मावलम्बीहरुको धार्मिकसँग आस्था राख्ने गतिविधिहरु, साँस्कृति र धार्मिक खालको भिडियोहरु मात्र बनाउन भनिएपनि एक युवकले ईस्लामिक झण्डा लहराएको भिडियो टिकटकमा अपलोड गरेका छन् । 

जनकपुरको जानकी मन्दिर जनकपुरको लागि मात्र नभएर प्रदेश नम्बर २ वासीको लागि आस्थाको केन्द्र हो । विश्वमै प्रसिद्ध रहेको जानकी मन्दिरमा सुनुयोजित तवरले धार्मिक सहिष्णुत विरुद्धका गतिविधिहरु गरिएको पाईएको छ । 

टिकटकमा हालिएको भिडियोमा जनकपुरकै एक युवकले हातमा ईस्लामिक झण्डा फहराउँदै भिडियो बनाएका छन् । टिकटकमा युवकको आईडी सिम्पलबोयज७८६ (@simpleboz786) रहेको छ । 

जनकपुरका अगुवा युवाहरुले यस्ता गतिविधिको निरन्तर विरोध गरिरहेको भएपनि केही परिवर्तन देखिएको छैनन, झन बलपूर्वक यस्ता गतिविधिहरुमा वृद्धि नै भएको देखिएको छ । 

केही दिन अघि पनि न्यूज ब्यूरोले जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णव र धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्धु प्रसाद वास्तोलासँग कुरा गर्दा यस्ता गतिविधि उपर रोक लगाउनको लागि सरोकारबालाहरुको एक बैठक आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । 

सो क्रममा महन्थ दासले बैठक बोलाएर यस्ता गतिविधिहरुलाई नियन्त्रण गर्ने भनिएपनि अहिलेसम्म न त बैठक बसेको छ नत प्रशासनले कुनै चासो लिएका छन् । 

  • 33%
  • 5%
  • 2%
  • 2%
  • 0%
  • 57%

न्यूजब्यूरोका पत्रकार यादवले प्रहरीसँग मागेका थिए सुरक्षा, आरोपितहरु गाउँबाट भागे

  • २०७८ असोज ३० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुर्घटना भनेर हत्या गरिएका न्यूज ब्यूरोका कार्यकारी सम्पादक विनय कुमार यादवले केही दिन अगाडी धनुषा प्रहरीसँग आफ्नो ज्यानको सुरक्षा मागेको खुलेको छ ।  पत्रकार यादवको मोबाईलमा भेटाएको

पूरा पढ्नुहोस्

Bureau Menus