नेपाली काँग्रेसलाई जिताउने मेरो उम्मेदवारीः नीधि 

२०७८ कार्तिक १ सोमबार
बेलुकी ५:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस पार्टीका केन्द्रीय उपसभापति एवम् पूर्वमन्त्री विमलेन्द्र नीधीले देशभरिमै नेपाली काँग्रेसलाई जिताउने आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

आईतबार धनुषाको धनुषामस्थित क्षेत्र नम्बर १ का क्षेत्रीय समितिले आयोजना गरेको चियापान तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता नीधिले काँग्रेसलाई जिताउनकै लागि आफ्नो उम्मेदवारी सभापतिमा पर्ने बताए । 

सभापतिका आकाँक्षी नेता नीधिले आगामी चुनावमा नेपाली काँग्रेसको अन्य विकल्प नखोज्न स्थानीय नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे । क्षेत्रीय सभापति जीतनारायण यादवको अध्यक्षता तथा नीधिको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा उनले आफूलाई भोट गर्न आग्रह गरेका थिए । 

उनले केन्द्रीय समितिमा धनुषाबाटै ४ जना रहेको बताउँदै आफुलाई मत दिन आग्रह गरे । उनले भने,–“कुनै बेला मबाट गलती हुन सक्छ, मानव हुँ, गलती भएको होला, तर यस्तो स्थितिमा सहयोगको अपेक्षा गर्न सक्छु ।”

उनले धनुषाबाट आफूसहित रामकृष्ण यादव, आनन्द प्रसाद ढुँगाना र महेन्द्र यादव गरी चार जना केन्द्रीय समितिमा रहेकोले सो मत आफूलाई दिन आग्रह गरे । 

चियापान कार्यक्रमको विशिष्ट अतिथिको रुपमा राम कृष्ण यादव, स्मृति नारायण चौधरी,  प्रेम किशोर साह, प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादव, धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल सहितको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सयौँको सँख्यामा नेता तथा कार्यकर्ता सहित स्थानीयहरुको उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 25%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७८ कार्तिक १ सोमबार

Bureau Menus