अपराध

जनकपुरका महासेठलाई अमेरिकामा गोली प्रहार

महासेठ गएको १५ वर्षदेखि परिवारसहित अमेरिकामा बसेर व्यवसाय गर्दै आइरहेको बताइएको छ।

२०७८ कार्तिक ३ बुधबार
बिहान ०७:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका एक पुरुषमाथि अमेरिकामा गोली प्रहार गरी ह त्या गरिएको छ । 

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरसँगै रहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर घर भएका अन्दाजी ५४ वर्षीय लालकिशोर महासेठको ह त्या भएको हो।

अमेरिकाको फल रिभरको म्याचुस्टरमा जेनरल स्टोर सञ्चालन गर्दै आइरेहका महासेठको गएराति उनको पसलमै हत्या भएको मधेशी एसोसिएन अफ अमेरिकाका अध्यक्ष सत्येन्द्र साहले जानकारी दिए।

अमेरिकी समयअनुसार गए राति ९ बजे पसलमै रहेका बेला अज्ञात व्यक्तिहरूको एक समूहले गोली हानेर उनको हत्या गरेको साहले बताए।

महासेठको हत्या कसले र किन गरेको यसबारे खुल्न सकेको छैन। घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

महासेठ गएको १५ वर्षदेखि परिवारसहित अमेरिकामा बसेर व्यवसाय गर्दै आइरहेको बताइएको छ।

महासेठ हत्याको मधेशी एसोसिएन अफ अमेरिकाले भर्त्सना गरेको छ। उनी मधेशी एशोसिएसन अफ अमेरिकाका सल्लाहकार समेत थिए।

यसैगरी महासेठको हत्याप्रति नेपाली कांग्रेस नेपाली जनसम्पर्क समन्वय विभागका केन्द्रीय सदस्य तथा मधेशी एशोसिएसन अफ अमेरिकाका संस्थापक सदस्य सुरज नायकले पनि महासेठ हत्याको भर्त्सना गरेका छन्।

नायकले नेपाली कामदारहरुलाई सचेत भएर काम गर्न आग्रह गर्दै महासेठक हत्याको दोषीलाई कारबाहीको दायरमा ल्याउन त्यहाँ सक्रिय नेपाली संघ संस्थाहरूलाई ध्यानाकर्षण गराएका छन्।

साथै अमेरिकामा रहेका नेपालीहरूको सुरक्षाको व्यवस्थाका लागि पनि पहल गरिदिन उनले नेपाली संघसंस्थाहरूसँग आग्रह गरेका छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

  • २०७८ कार्तिक ३ बुधबार

Bureau Menus