धनुषामा देउपा पक्ष कमजोर, बिमलेन्द्र नीधि झन बलियो 

निर्वाचन क्षेत्र नम्बर ४ को लक्ष्मीनिया गाउँपालिकाको सभापतिमा भोगेन्द्र मिश्र सर्वसम्मतीबाट चयन भएको बताइएको छ ।

२०७८ मङ्सिर ६ सोमबार
बिहान ०८:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा धनुषा जिल्लामा आईतवार भएको पालिकाको अधिवेशनमा देउवा समुह नराम्ररी पछाडि परेको छ ।
सभापतिका प्रत्याशी विमलेन्द्र निधिको पक्ष अप्रत्याशित रुपमा बलियो भएको छ । देउवा पक्षको कमजोर नेतृत्वको कारण धनुषामा परिणाम उल्टेको नेताहरुले जनाएका छन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ को गणेशमान चारनाथ नगरपालिका, सबैला र यदुकुहा नगरपालिकामा सोमवार चुनाव हुने भएको छ । उपसभापति निधि तीन दिनदेखि धनुषामा सकृय भएका छन् ।

धनुषामा केहि समय पूर्व सम्म देउवा पक्ष अत्यन्त बलियो देखिएको थियो ।तर देउवा समुहको नेतृत्वकर्ता नै कमजोर भएका कारण परिणाम उल्टिएको बताइएको छ ।

रामचन्द्र पौडेल पक्षको नेतृत्व गरिरहेका रामकृष्ण यादवले मध्यमार्ग अपनाएर गुटको पक्षमा राम्रो नतिजा ल्याएको बताइएको छ ।एकजना नेताले नाम सार्वजनिक नगर्ने शर्तमा भने, धनुषामा निधि पछि पौडेल समुहकै अवस्था बलियो छ । 

हँसपुर नगरपालिकामा जयनारायण कापड, धनुषाधाम नगरपालिकामा चन्द्रदिप यादव, औरही गाउँपालिकामा जुगल सिंह सर्वसम्मतीबाट सभापति चयन भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको सभापतिमा मनोज साह सर्वसम्मतीबाट चयन भएका छन् ।

अन्य पदहरुमा मतदान हुने भएकोछ ।निर्वाचन क्षेत्र नम्बर ३को नगराइन नगरपालिकाको सभापति पदमा विनय यादव र मुखियापट्टी मुसर्निया गाउँपालिकाको सभापतिमा विश्वनाथ यादव सभापतिमा सर्वसम्मतीले चयन भएका छन् । 

निर्वाचन क्षेत्र नम्बर ४ को लक्ष्मीनिया गाउँपालिकाको सभापतिमा भोगेन्द्र मिश्र सर्वसम्मतीबाट चयन भएको बताइएको छ । पालिकाको चुनावको परिणाम समाजिक सञ्जाल मार्फत सार्वजनिक भएपनि आधिकारिक रुपमा निर्वाचन अधिकृतले पुष्टि गरिसकेको छैन् । 

निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जनाए अनुसार सबैला, गणेशमानचारनाथ र सहिदनगर नगरपालिका यदुकुहामा निर्वाचनको प्रकृया अगाडि बढिसकेको छ । 

अन्य पालिकाहरुमा उम्मेदवारी दर्ता भएको र सोमवार बिहान ९ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको कारण औपचारिक परिणाम त्यसपछि घोषणा हुने उनले बताए ।


From:janakpurtoday

  • 93%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 1%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७८ मङ्सिर ६ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus