राजधानी र नाम के होला ?

प्रदेश २ को राजधानी पारित हुँदै, प्रदेशको नाममा सहमति जुटाउँदै, राजधानी र नाम के होला ?

एमाले विभाजित भएर बनेको नेकपा (एस) पनि सरकारमा छ ।

२०७८ मङ्सिर ८ बुधबार
बिहान ०९:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ प्रदेश सभाको आठौं अधिवेशन मंसिर २९ गते आव्हान गरिएको छ ।

चार दलीय गठबन्धनको प्रदेश २ मा सरकार बनेपछि पहिलो पटक प्रदेश सभाको अधिवेशन डाकिएको छ । प्रदेश २ को नामकरण र राजधानीको हाल सम्म टुंगो लाग्न सकेको छैन् ।

प्रदेश २ सरकारलाई दुई तिहाई भन्दा बढि सभासदको समर्थन छ । सरकारमा सहभागी दलहरुबीच नाम र राजधानीको विषयमा सहमति भएको छैन् । 

प्रदेशको नाम र राजधानीका लागि सभामुख सरोज कुमार राय यादवले सातौ अधिवेशनमा प्रदेश सरकारलाई रुलिंग गरेका थिए । प्रदेशको नामकरण र राजधानी तोक्न प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रस्ताव एक पटक असफल भइसकेको छ । 

प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेश र जनकपुरधाम राजधानी प्रस्ताव गरेको छ । सो प्रस्तावको पक्षमा हालका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रहेको छ ।

प्रमुख प्रतिपक्षी दल बनेको लोसपाले मधेश प्रदेश र जनकपुरधाम राजधानीको पक्षमा रहने प्रतिबद्धता जनाउँदै आएको छ । ‘मधेश प्रदेश र जनकपुरधाम राजधानीलाई लोसपाको पूर्ण समर्थन रहनेछ’ लोसपाका प्रमुख सचेतक परमेश्वर साहले भने, सरकारले ल्याउने प्रस्तावलाई पारित गराउन लोसपा लाग्नेछ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) भने मधेश प्रदेश नामप्रति विरोध जनाउँदै आएका छन् । सरकारमा रहेका नेकां संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेशको नाम र राजधानीबारे सत्तारुढ दलहरुबीच छलफल नभएको बताए ।

‘मधेश प्रदेशको पक्षमा कांग्रेस पार्टी रहेको छैन्’ उनले भने, मिथिला–भोजपुरा प्रदेश नामकरण हुनुपर्ने नेकांको अडान यथावत छ । तर सहमतिका लागि मध्य बिन्दू खोज्न चाहे त्यसमा कुनै बाध्यात्मक अवस्था नरहेको उनले बताए ।

प्रदेशको राजधानी जनकपुरधामलाई कांग्रेस पार्टीले समर्थन गर्ने मन्त्री यादवले बताए । ‘प्रदेश सभाबाट नै समिति बनाएर सहमति जुटाउने प्रयास गरिनेछ’ मन्त्री यादवले भने, त्यसमा सहमति जुट्न नसके राजधानीको प्रस्ताव मात्र पास हुनेछ ।

जनकपुरधाम राजधानीमा कुनै विवाद नरहेको उनको कथन छ । तर नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने मधेश प्रदेशको पक्षमा रहेको जनाए ।

‘जनकपुरधाम राजधानी राख्ने विषयमा हामीबीच सहमति भइसकेको छ’ साहले भने, प्रदेशको नामको विषयमा अहिले छलफल भएको छैन् ।

जनकपुरधामलाई प्रदेशको राजधानी बनाउने प्रस्ताव आठौं महाधिवेशनबाट पारित हुने मन्त्री साहले संकेत गरे । नेकपा एमाले प्रदेश सभामा कमजोर रहेपनि मधेश प्रदेशको पक्षमा देखिएको छैन् ।

एमालेले विगतमापनि मधेश प्रदेशको पक्षमा मतदान गरेको थिएन् ।तर जनकपुरधाम राजधानीमा एमाले सहमत रहेकोछ । हालै सरकारमा सहभागी भएको नेकपा (एस) लेपनि मधेश प्रदेशमा सहमति जनाउने संभावना बलियो छैन् ।

प्रदेश सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्री रहेका नेकपा एस संसदीय दलका नेता शत्रुधन महतोपनि जनकपुरधाम राजधानी हुनेमा विश्वस्त देखिएका छन् ।

तर नाममा सहमति भई नसकेको उनले बताए । प्रदेश सभामा पहिलो पटक नाम र राजधानीको प्रस्ताव हुँदाको दलीय संरचना र हालको दलीय संरचनामा निकै परिवर्तन भइसकेको छ ।

सरकारबाट तत्कालीन राजपा अलग भएर प्रमुख प्रतिपक्षमा रहेको छ ।नेकपा एमाले विभाजित भइसकेको छ । एमालेबाट माओवादी केन्द्र विभाजित भई सरकारमा सहभागी छ ।

एमाले विभाजित भएर बनेको नेकपा (एस) पनि सरकारमा छ । सरकारमा सहभागी दलहरुले प्रदेशको राजधानी जनकपुरधामलाई पारित गर्न सहमत भएका छन् ।

प्रमुख प्रतिपक्ष र विपक्षी एमालेपनि त्यसमा सहमत देखिएकाले राजधानीको प्रस्ताव प्रदेश सभामा दुई तिहाई बहुमतले पारित हुने संभावना छ ।तर बारा र पर्साका सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका सभासदहरुले त्यसमा सहमति जनाउने संभावना कमजोर रहेको छ । आजको जनकपुरटुडेमा समाचार छ । 

  • 1%
  • 6%
  • 0%
  • 0%
  • 1%
  • 63%

बिनयले श्रीमति रुबिनालाई अन्तिम मेसेज गरेका थिए– 'यीनीहरु मलाई जबरदस्ती रोकेको छ, तर म आउँछु नै'

  • २०७८ मङ्सिर ८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवले आफ्नी श्रीमति रुबिना अधिकारीलाई अन्तिम मेसेजमा अन्तिममा आफू जसरी पनि घर आउने भ्वाईस मेसेज गरेका थिए । सो

पूरा पढ्नुहोस्

Bureau Menus