जातीय भेदभाव विरुद्धको अन्तिम लडाई बाँकी छः यादव 

बन्दूकको कुन्दामा टेकेर जारी गरिएको संविधानमा संशोधन मात्र नभइ पुर्नलेखन आवश्यका रहेको नेता यादवले दावी गरेका थिए ।

२०७८ मङ्सिर १८ शनिबार
बिहान ०८:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एकल जातीय वर्चस्व समाप्त पार्न जातीय भेदभाव विरुद्धको अन्तिम लडाइ लड्न बाँकी रहेको बताएका छन् ।

उनले सामन्त वर्गकै पकडमा रहेको शक्ति र सत्तामा सबै वर्गको पहुँच नभएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य भाषणमा मात्र सीमित रहने प्रसंग उल्लेख गरे । 

जसपा नेपाल, राष्ट्रिय जनता दल र अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघको एकीकरण तथा भातृ संगठन घोषणा सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

समानतामा आधारित समाज निर्माणको लागि एकल जातीय वर्चस्वलाई समाप्त पार्न मधेशी, आदिवासी, जनजाति, मुस्लिम तथा दलित लगायतका सम्पूर्ण उपेक्षित वर्ग एक जुट भइ अन्तिम संघर्ष गर्नु पर्ने आवश्यकता रहेको उनले औल्याए ।

 ‘अबको लडाइ शोषित वर्ग र शासक वर्ग बीच हुनेछ, यो आन्दोलनबाटै हैसियत अनुसारको भागीदारी उत्पीडित वर्गले पाउनै पर्छ।’,उनले भने । ‘ठूल–ठूला राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको’ उनले भने–‘एकल जातीय राज्य व्यवस्था समाप्त पार्न सवै उपेक्षित वर्ग एक जुट भइ अन्तिम लडाइ लड्नै पर्छ र सोको लागि जसपा शक्ति संचितिकरणमा निरन्तर कार्यरत छ ।’ 

उनले एउटा नयां आन्दोलनको आवश्यकता रहेको बताउँदै एकल जातीय पकडलाई तोड्न आह्वान गरे ।

 राज्यको मुख्य शक्तिको रुपमा मानिने शैन्य, न्यायपालिका र राजनीतिक शक्तिमा अझै पनि २० प्रतिशत जनसंख्या रहेको एकल जातिकै वर्चस्व रहेको बताउंदै अध्यक्ष यादवले शासक वर्गको भेदभावपूर्ण नीतिकै कारण देशका ७० प्रतिशत जनताको सत्ता र शक्तिमा चार पाँच प्रतिशत अधिकार समेत नरहेको उल्लेख गरे । 

भेदभावपूर्ण नीतिकै कारण पिछडावर्ग हरेक क्षेत्रमा उपेक्षित रहेकोले आरक्षणको व्यवस्था नभए सम्म शक्ति र सत्तामा हैसियत अनुसारको भागीदारी सम्भव नरहेको उनले प्रष्ट गरे ।

बन्दूकको कुन्दामा टेकेर जारी गरिएको संविधानमा संशोधन मात्र नभइ पुर्नलेखन आवश्यका रहेको नेता यादवले दावी गरेका थिए ।

 राणाकाल र शाहीकालको अन्त्य भइसंघीय लोकतान्त्रिक गणतन्त्रको यात्रा सम्ममा देशको राजनीतिक अवस्थामा थुपै्र परिवर्तन भए पनि सत्ता र शक्तिमा पहाडकै उच्च जातिको पकड रहेको उनले बताए । 

अध्यक्ष यादवले ओबीसी आयोग गठन गरी आरक्षणको लागि व्यवस्था हुनु पर्ने सुझाव समेत दिए । उनले जसपामा समाहित भएको राजदका कार्यकर्ताहरुलाई स्वागत गर्दै पिछडावर्ग ओबिसी महासंघ अहिले देखिनै जसपाको भातृ संगठनको रुपमा अघि बढेको घोषणा गरे । 

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पार्टीको एकीकरणले जसपाको विभेदपूर्ण सरकार सत्ता विरुद्धको आन्दोलनलाई नयाँ उर्जा प्राप्त भएको उल्लेख गरे । 

खस शासक विरुद्ध एक पटक अझै आन्दोलन गर्नु पर्ने आवश्यकता रहेको औल्याउदै उनले सामाजिक न्यायको लागि पनि जसपाको नयां नेपाल निर्माण बनाउने अभियानमा लाग्न आग्रह गरे । 

पिछडावर्ग ओबिसी महासंघको आयोजनामा भएको कार्यक्रममा ओबीसी अध्यक्ष भरत महतो, संघीय सांसद डा. सूर्यनारायण यादव, प्रमोद कुमार साह, ओबीसीका केन्द्रीय प्रवक्ता मनाइ महतो, बर्दिया जिल्ला अध्यक्ष श्रीराम यादव लगायतका वक्ताहरुले आ–आप्mनो धारणा राखेका थिए ।

  • 0%
  • 2%
  • 0%
  • 0%
  • 2%
  • 0%

Why Men rape?

  • २०७८ मङ्सिर १८ शनिबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus