खोई जनप्रतिनीधि

कमला नगरपालिकामा विगत १५ दिनदेखि बन्द, जनप्रतिनीधिहरुलाई छैन मतलब 

समाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब नियमित गरिएको छ भने अन्य सबै कामहरु ठप्प रहेको छ ।

२०७८ पौष २९ बिहीबार
बिहान ०८:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नियमित विवादमा रहँदै आएको पूर्वी धनुषाको कमला नगरपालिकामा विगत १५ दिनदेखि तालाबन्दी जारी रहेको छ । 

उपभोक्ता समितिहरुले धरौटी फिर्ताको माग गर्दै गत पुस १४ गते तालाबन्दी गरेको थियो भने पुस १५ गते किसानहरुले तालाबन्दी गरेपनि जनप्रतिनीधिहरुको आन्तरिक द्धन्द्धको कारण ताला खुलाउन पहल गरिएको छैनन् । 

कमला नगरपालिकाको विभिन्न वडामा विकास निर्माणको काम गरी धरौटी फिर्ता बाँकी रहेको उपभोक्ता समितिहरुले धरौटी फिर्ता माग्दै तालाबन्दी गरेको हो । उनीहरुले गत आर्थिक वर्षमा गरेको काम वापतको राखिएको धरौटी समयमा नदिएको भन्दै तालाबन्दी गरेको हो । 

यस्तै, डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको किसान आन्दोलनको क्रममा कमला नगरपालिकाका किसानहरुले समेत कमला नगरपालिकामा तालाबन्दी गरेको हो । 

उनीहरुले समयमा मल, खाद, बीउ, सहुलियतको माग गर्दै कमला नगरपालिकामा गत पुस १५ गतेदेखि नै तालाबन्दी गरेको हो । ताला खुलाउन तथा नगरपालिका सँचालनको लागि कुनै तहबाट कुनै पहल गरिएको छैनन् । 

कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले नगरपालिकामा निरन्तर तालाबन्दीको कारण काम गर्न असहज भएको बताए । उनले नगरपालिकाको मुख्य गेटमै तालाबन्दी गर्दा प्रशासनीक कार्य गर्न नसकेको बताए । 

उनले भने,–“ताला खुलाउनको लागि स्थानीय जनप्रतिनीधिहरुले उपाय निकाल्नुपर्छ । यसको लागि जनप्रतिनीधि र कर्मचारीहरु बैठक बसेर निकास दिनुपर्छ । अहिले नगरपालिका अनिर्णयको बन्दी बनेको छ । आकस्मीक कार्यको लागि पनि जनताहरुले दुःख भोग्नुपरेको अवस्था छ ।”

कमला नगरपालिकाको नगर प्रमुख राम उदगार गोईत र चार वडाध्यक्षबीचको खिचातानीले विगत ५ बर्षदेखि नै कमला नगरपालिका विवादमा रहँदै आएको छ । 

यद्यपी, नगरपालिकामा लागेको ताला खुलाउनको लागि कुनै पनि जनप्रतिनीधिले चासो लिएका छैनन् । नगरपालिकाका कर्मचारीहरु भने घरमै बसी तलब खान बाध्य भएका छन् भने आम नागरिकले कुनै सेवा सुविधा प्राप्त गर्न सकेको अवस्था छैनन् । 

समाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब नियमित गरिएको छ भने अन्य सबै कामहरु ठप्प रहेको छ । जनप्रतिनीधिहरुबीचको आन्तरिक द्धन्द्धले कमला नगरपालिकामा समस्या निम्त्याएको छ । 

कैयौँ पटक विवाद मिलाउन माहिर देखिएका कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतले यसपाली चुप्पी लादेका छन् । बारम्बार केही वडाध्यक्षहरुले जबरदस्ती गर्न खोजेपछि उनी चुप्प भएर बसेको बताएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७८ पौष २९ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus