जिब्रो बेलगाम भएपछि...

मन्त्री यादवको बोलीले अध्यक्ष यादव लाई धक्का, डा. राउतलाई फाईदा !

गौरमा पुगेर नरसंहारबारे बोलेपछि उपेन्द्र अप्ठ्यारोमा परेका छन् ।

२०७८ माघ ६ बिहीबार
बेलुकी ५:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । गौर नरसंहार, राइस मिल अनि सीके राउतलाई धम्की । त्यो पनि भौतिक पूर्वाधारमन्त्री रेणु यादवको मुखबाट । बोली रेणुको मुखबाट फुत्किएपनि धक्का उपेन्द्र यादवलाई लाग्ने भएको छ ।

रेणु यादवलाई भौतिक पूर्वाधार जस्तो आकर्षक मन्त्रालय दिलाउन उपेन्द्र यादवले ठूलै चुनौतीको सामना गरेका थिए । उनले डा. बाबुराम भट्टराईको दबाबलाई थेगेका थिए । 

महेन्द्र राय यादवको चाहनालाई लत्याएका थिए । महेन्द्र राय भौतिक पूर्वाधारमन्त्री बन्न चाहन्थे तर कृषिमा लगेर रेणुलाई उक्त मन्त्रालय दिलाए ।

उपेन्द्र यादवका कारण रेणु यादवले पटक पटक आकर्षक मन्त्रालय पाउँदै आएकी छिन् । समाजवादी पार्टी फुटाउने बेलामा पनि रेणु नै अघि सरेकी थिइन् जुन असफल बनाइयो । तैपनि, उपेन्द्रले रेणुलाई नै साथ दिएर पदहरु दिलाइरहे ।

यसपटक भने रणुका कारण उपेन्द्रलाई नराम्रो झड्का लागेको छ । रौतहट पुगेर उनले गौर नरसंहारप्रति गर्व गरिन् । सीके राउतलाई लक्षित गरी गौर नरसंहार मच्चाइदिने चेतावनी दिइन् । 

गौरमा कसरी घेरा हाली माओवादी कार्यकर्ताको कत्ले आम गरिएको थियो त्यसरी सीके राउतका कार्यकर्ताको हालत बनाइदिने धम्की दिइन् ।

७ चैत्र २०६३ सालमा २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्या गरिएको घटनालाई रेणुले सम्झने बताइदिन् । यो त्यही घटना थियो जसमा उपेन्द्र यादवविरुद्ध जाहेरी दर्ता छ । 

त्यतिबेला यादव मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए । फोरमका कार्यकर्ताद्वारा वाइसिएल कार्यकर्ताको ह त्या भएको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा उपेन्द्र यादवमाथि गौर नरसंहारको मुद्दा अगाडि बढाउने चर्चा चलिसकेको थियो । सत्ता ढल्यो यो मुद्दा अगाडि बढेन । तर, रेणुले यो विषयलाई स्मरणमा ल्याइदिइन् ।

गौरमा पुगेर नरसंहारबारे बोलेपछि उपेन्द्र अप्ठ्यारोमा परेका छन् । उनको इच्छाले मन्त्री बनेकी रेणुको पद धरापमा परेको छ । अर्कोतर्फ, गौर नरसंहारमा उनीमाथि लागेको आरोप फेरि चर्चामा आएको छ । 

मधेशमा पकड बलियो बनाउँदै लगेका सीके राउत रेणु यादवप्रति भन्दा उपेन्द्र यादवप्रति आक्रामक बन्ने देखिएको छ । यसले भविष्यमा हुने चुनावमा चुनौती बढ्न सक्छ । सीके राउतको प्रभाव मधेशमा बढ्दै गएको छ ।

डा. सिके राउतमाथिको टिप्प्णीपछि मधेश प्रदेशमा झन डा. सिके राउको समर्थक बनेको छ । मन्त्री यादवको बोलीले अहिले मधेश प्रदेशको विभिन्न जिल्लाबाट डा. राउतको समर्थनमा उनका विरोधीहरु पनि देखिन थालेका छन् । 


TexT source: ReportersNepal

  • 93%
  • 1%
  • 0%
  • 1%
  • 0%
  • 1%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७८ माघ ६ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus