'अराजक मन्त्री रेणु यादवलाई बर्खास्त गर' भन्दै राजधानीमा पुतला दहन

२०६३ सालमा मधेश प्रदेशको रौतहट जिल्ला गौरस्थित २७ जनाको ह त्या भएको घटना हो गौर नरसंहार ।

२०७८ माघ ९ आइतबार
दिउसो ३:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव विरुद्ध प्रदर्शन सहित पुतला दहन गरिएको छ । 

नेकपा एमाले निकट राष्ट्रिय युवा सँघले जनकपुरधामस्थित “अराजक मन्त्री रेणु यादवलाई बर्खास्त गर” नारा सहित उनको बर्खास्तीको माग गर्दै पुतला दहन गरिएको हो । 

युवा संघका जानी खानको अगुवाईमा युवाहरुले मन्त्री यादव विरुद्ध नारावाजी गरेको हो । उनीहरुले “अराजक मन्त्री चाहिँदैन, युवा सँघ जिन्दावाद, अनेरास्वीयू जिन्दावाद, केपी ओली जिन्दावाद, नेकपा एमाले जिन्दावाद” भन्दै नारा घन्काउँदै मन्त्री यादवको बर्खास्ती माग गरेका हुन् । 

उनीहरुले वर्तमान सरकारको विरोधमा समेत नारावाजी गरेको छ । सरकारले मन्त्री रेणु यादवलाई बर्खास्त गनुपर्ने, स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्ने लगायतका मागहरु समेत गर्दै नारावाजी गरेको हो । 

गत माघ ५ गते १५ औँ बलिदानी दिवसको अवसरमा जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री रेणु कुमारी यादवले गौर नरसंहार दोहरीन सक्ने जस्ता अभिव्यक्ति दिएपछि उनको बर्खास्तीको लागि चौतर्फी माग उठेको हो । 

२०६३ सालमा मधेश प्रदेशको रौतहट जिल्ला गौरस्थित २७ जनाको ह त्या भएको घटना हो गौर नरसंहार ।


 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७८ माघ ९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus