सिरहाका नवनिर्वाचित जनमत पार्टीको जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्यो

२०७९ जेठ १८ बुधबार
रति ९:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको भन्दै पार्टीबाट निर्वाचित सिरहाका तीन जना जनप्रतिनिधि सहित चार जनासँग स्पष्टीकरण मागेको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिले सिरहाको मिर्चेया नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडाअध्यक्ष दिलीपकुमार सिंह, वडासदस्य कमलप्रसाद यादव, महिला सदस्य कल्याणी देवी महतो र विजयकुमार यादवसँग स्पष्टीकरण मागेको हो ।

‘नगर कार्यपालिकाको निर्वाचनमा केन्द्रीय निर्देशन नमानेको र विपक्षी पार्टीलाई फाइदा हुने तथा आफ्नै पार्टीको उम्मेदवार पराजित हुने गरी षड्यन्त्रमा संलग्न रहेको बुझिन आएको हुँदा यस सम्बन्धमा तपाईंलाई किन कारबाही हुनुनपर्ने हो लिखित स्पष्टीकरण ३ दिनभित्र पेश गर्न अनुरोध छ’, चारै जनालाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।

चित्तबुझ्दो स्पष्टीकरण नआएमा पार्टीले आवश्यक कारबाही अगाडि बढाउन सक्ने र निर्वाचित जनप्रतिनिधिको हकमा निर्वाचित पदबाट हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने अनुशासन समितिका प्रमुख इन्जिनियर दीपक कुमार साहले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा चेतावनी दिइएको छ ।

  • 25%
  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus