महोत्तरीमा युवाहरुको सँगठन यान द्वारा रक्तदान, ५ दर्जनबढीले गरे रक्तदान

२०७९ असार १३ सोमबार
रति ९:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । युवाहरुको साँझा सँगठनको रुपमा रहेको युथ एसोसिएन अफ नेपाल र महोत्तरी युवा संजालको संयुक्त आयोजनामा महोत्तरीको गौशाला स्थित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

त्यहाँस्थित रहेको त्रिभुवन माध्यमिक विद्यालय भएको रक्तदान कार्यक्रममा ५ दर्जन बढी व्यक्तिहरुले रक्तदान गरेका छन् । 

उक्त कार्यक्रममा कुल ६६ जना व्यक्तिले रक्तदान गरेका छन् । गौशाला नगरपालिकाका नगरप्रमुख दिपेन्द्र महतोको प्रमुख आतिथ्य र विशिष्ट अतिथि ओमप्रकाश गुप्ताको विशेष रोहबरमा रक्तदान गरिएको हो । 

नेपाल रेडक्रस सोसाईटीको ब्लड बैँकमा रगतको अभाव तथा रगत नदिने पुरानो सोंचलाई परिवर्तन गर्ने उदेश्यले पनि युवाहरुले अन्य कार्यक्रम भन्दा पनि रक्तदान कार्यक्रम गर्दै आएका छन् । 

उक्त कार्यक्रममा नगरप्रमुख महतो र वडा अध्यक्ष गुप्ताले रक्तदान गरी विधिवत रुपमा शुरुवात गरेका थिए । 

रक्तदान जीवन दान, रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौ’ नाराको साथ भएको सो कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख दिपेन्द्र महतो, वडाध्यक्ष ओमप्रकाश गुप्ता, यानका केन्द्रीय सदस्य सुरज चौधरी, प्रवक्ता राजु महतो, पुर्व केन्द्रिय सचीव मनोहर यादव, सदस्य रोशन यादव, दिपेन्द्र महतो, निशान्त कर्ण , प्रभु बचत सहकारीका संचालक सत्रुधन यादव, महोत्तरी युवा संजालको नगर अध्यक्ष विजय सिंह, राजिव साह लगायत बुद्धिजिवी, समाजसेवी, राजनितिककर्मी, स्थानीय यूवाहरुको सहभागीता रहेको थियो।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ असार १३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus