सशस्त्रका ईन्सपेक्टर प्रमोद राय DSP मा बढुवा 

२०७९ असार १७ शुक्रबार
रति ९:०२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषा जिल्लाको खजुरीस्थित रहेको सशस्त्र क्याम्पका ईन्चार्ज प्रमोद राय डिएसपीमा बढुवा भएका छन् । 

सशस्त्र बेस क्याम्प खजुरीका ईन्चार्ज रहेको ईन्सपेक्टर पदबाट बढुवा भई राय डिएसपी भएका हुन् । उनलाई विहिबार सशस्त्र प्रहरीको प्रधान कार्यालयले जारी गरेको बढुवा सिफारिसमा ६ नम्बर क्रम सँख्यामा नाम सिफारिस परेको हो । 

सशस्त्र प्रहरी सेवाको साधारण समूह तर्फ रिक्त रहेको प्रहरी नायब उपरिक्षकको ५६ जना माग भए बमोजिम प्रमोद राय समेत सो बढुवामा पर्न सफल भएका छन् । 

खजुरीमा बेश क्याम्पमा आएपछि भन्सार छलीको समान बरामद, तस्करी नियन्त्रणमा समेत अहम भूमिका खेल्दै आएका रायलाई डिएसपीमा बढुवा गरिएपछि उनका शुभचिन्तकहरुले उनलाई विभिन्न माध्यमबाट बधाई दिन थालेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७९ असार १७ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus