घरमा आगो लाग्दा महिलाको मृत्यु, घटना शंकास्पद देखिएपछि श्रीमान पक्राउ

२०७९ असार १८ शनिबार
बिहान ११:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, विराटनगर : मोरङको रंगेली नगरपालिका–१ बिर्ता बजारस्थित एउटा घरमा शुक्रबार राति आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ। रंगेली–१ की अन्दाजी ३० वर्षीया बबिता मल्लिकको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आगोले जलेर गम्भीर घाइते भएको अवस्थामा राति नै उद्धार गरेर बबितालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा ल्याइएको थियो। शरीरका अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थामा उद्धार गरिएकी उनको उपचारको क्रममा बिहान ६ बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए। 

घटनालगत्तै प्रहरीले बबिताका पति (श्रीमान) २३ वर्षीय तिल्का मल्लिकलाई नियन्त्रणमा लिएको छ। घटना शंकास्पद देखिएपछि तिल्कालाई नियन्त्रणमा लिएर विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठको भनाइ छ। तिल्काले पत्नीलाई भित्र थुनेर घरमा आगो लगाइदिएको हुनसक्ने प्रहरीको अनुमान छ। 

घटनास्थलदेखि केही परबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। आगो लाग्न थालेपछि डर लागेर बस्न नसकेकाले आफू घरदेखि अलि पर गएर बसेको तिल्काले प्रहरीलाई बताएका छन्। खाना खाने विषयमा श्रीमतीसँग विवाद भएको र घरमा अचानक आगो लागेपछि आफू भागेको उनले प्रहरीलाई बताएका हुन्। श्रीमान–श्रीमतीबीचको विवादको कारण प्रहरीले पत्ता लगाइसकेको छैन। घरमा आगो आफैँ लागेको हो कि लगाइएको हो भन्ने बारेमा पनि खुल्न बाँकी रहेको डीएसपी श्रेष्ठले बताए।  दाजु जगदीश मल्लिकको ७ वर्षअघि मृत्यु भएपछि तिल्काले भाउजूलाई श्रीमती स्वीकार गरेर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तिल्काले ५ वर्षअघि श्रीमती स्वीकार गरेर भाउजूसँग बिहे गरेको प्रहरीले जनाएको छ।  उनीहरुका सन्तान छैनन्। दाजुतर्फ पनि सन्तान नरहेको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार तिल्का र श्रीमती बबिता सरसफाईको काम गर्दै आएका थिए। 

डीएसपी श्रेष्ठका अनुसार घरमा अचानक आगलागी भएको भनेर राति १० बजेतिर प्रहरीलाई खबर आएको थियो। घटनास्थल पुगेको प्रहरी र स्थानीयको सहयोगमा आगो १ घण्टापछि नियन्त्रणमा लिइएको उनले बताए। आगोले टिनको छानो भएको र बाँसको टाटीले सेन्ट्री बेरा गरेको घर तथा घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत सबै सामान जलेको प्रहरीले जनाएको छ। घटनामा २ लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

  • 36%
  • 4%
  • 0%
  • 4%
  • 11%
  • 22%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७९ असार १८ शनिबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus