जसपाले रेणु र महिन्द्रसहित तीन मन्त्री बोलाए फिर्ता, नयाँ तीन मन्त्री आजै किरिया खाने 

२०७९ असार २० सोमबार
बिहान ०८:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएको छ।

सरकारमा सामेल तीन मन्त्रीलाई फिर्ता बोलाएर उनीहरूको ठाउँमा नयाँ तीन जनाको नाम सिफारिस गरेको हो।

जसपाले यसअघि सरकारमा सहभागी भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव, कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएको छ।

सरकारमा सहभागी चार मन्त्रीमध्ये तीन मन्त्रीलाई फिर्ता बोलाइए पनि सामान्य प्रशानमन्त्री राजेन्द्र श्रेष्ठलाई यथावत राखिएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए।

फिर्ता बोलाइएका तीन मन्त्रीको ठाउँमा प्रदीप यादव, इस्तियाक राई र मृगेन्द्रसिंह यादवलाई मन्त्रीका लागि सिफारिस गरिएको उनले जानकारी दिए।

प्रदीपलाई वन तथा वातावरण, इस्तियाकलाई भौतिक पूर्वाधार र मृगेन्द्रलाई कृषि तथा पशुपन्छी मन्त्रीमा सिफारिस गरिएको छ।

सिफारिस भएका मन्त्रीहरूका नाम अध्यक्ष यादवले आइतबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन्।

सिफारिस भएका मन्त्रीहरूको आजै सपथ ग्रहण हुने तयारी छ। ‘सिफारिस भएका मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाइसकेका छौं,’ अध्यक्ष यादवले भने,‘राष्ट्रपतिले समय दिनुभयो भने आजे सपथ हुन्छ।’

गएको साता बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले मन्त्री हेरफेर गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको थियो।

  • 0%
  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७९ असार २० सोमबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus