राजमार्गमा बस र अटो जुध्यो, ३ को मृत्यु ,एक घाइते 

२०७९ भदौ २ बिहीबार
बिहान ११:१० बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको रौतहट जिल्लास्थित बस र अटो रिक्सा जुध्दा ३ जनाको ज्यान गएको छ।

बिहीवार बिहान  चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेका छन् ।अटोमा ४ यात्री सवार थिए।
४ जना घाइतेहरुलाई अस्पताल पुर्याएपछि स्वास्थकर्मीले ३ जनालाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा  घाइते भएकी मृत्क ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार हुँदै छ ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७९ भदौ २ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus