राष्ट्रपति समक्ष गएको नागरिकता विद्येयक प्रमाणिकरणको समय आजै सकिँदै, के हुन्छ प्रमाणिकरण ?

२०७९ असोज ४ मंगलबार
बिहान ०९:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रतिनिधिसभा र राष्ट्रिय सभावाट दोस्रो पटक हुवहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत भएको नागरिकता विधेयकको १५ दिने समय सीमा मंगलवार सकिदैछ ।

मंगलवार राति १२ बजे सम्म प्रमाणीकरणका लागि समयसीमा रहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभावाट पहिलो पटक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत गरेको नागरिकता विधेयक राष्ट्रपतिले सुझाव सहित फिर्ता गरेकी थिइन् ।

 तर, प्रतिनिधिसभा र प्रदेशसभावाट राष्ट्रपति समक्ष पेश गरिएको नागरिकता विधेयकमा दुवै सदनमा छलफलनै नगरी हुवहु प्रमाणीकरणका लागि पेश गरिएको छ । यस बिषयमा राष्ट्रपति विभिन्न दलका नेताहरुसंग छलफल गर्नुका साथै प्रधानमन्त्रीसंग पनि छलफल गरेकी छन् ।

संविधान अनुसार एक पटक भन्दा बढी कुनै विधेयक राष्ट्रपतिले फिर्ता गर्न सक्दैन् तर, राष्ट्रपतिको सुझावलाई बेवास्ता गरी पेश गरिएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्ने जनाइ सकेकी छन् । 

नागरिकता विधेयक प्रमाणीकरण नभए लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ गतेवाट आन्दोलन गर्ने चेतावनी समेत दिइ सकेको छ ।

 नागरिकता विधेयक प्रमाणीकरण हुन नसक्दा लाखौं नेपाली नागरिक नागरिकता विहीनताको अवस्था छ । 

आफ्नै मुलुकमा अनागरिक सरह बस्नुपर्ने बाध्यता हटाउन लोसपाले राष्ट्रपति समक्ष आग्रह समेत गरिसकेको छ । लोसपाका मधेश प्रदेशका प्रमुख सचेतक परमेश्वर साहले भने मंगलबार राति १२ बजे सम्म हामी आशावादी रहेको बताए ।

 उनले मंगलबार सम्म नागरिकता विधेयक प्रमाणीकरण नभए आन्दोलनमा जाने र आफ्नै मुलुकमा अनागरिक जीवन विताइ रहेकाहरुको पक्षमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७९ असोज ४ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus