मधेश प्रदेशको रौतहटमा लाखौँको चिनी र मल बरामद 

२०७९ कार्तिक २४ बिहीबार
बिहान ११:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले लाखौं रूपैयाँ मूल्य बराबरको अवैध तवरबाट ल्याइएको  १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको छ।

भारतबाट अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा जिल्लाको इशनाथ नगरपालिका वडा नं ४ सानो लतमरीबाट उक्त चिनी र डिएपी मल बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले बुधबार दिउँसो २ बजे ६ लाख ९८ हजार रूपैयाँ मूल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

बेवारिसे अवस्थामा बरामद गरिएको उक्त परिमाणको चिनी र डिएपी मल जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी मल्लले जानकारी दिए।

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ कार्तिक २४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus