विवाहपँचमीमा आईतबारदेखि ३ समय रेल चल्ने

२०७९ मङ्सिर ८ बिहीबार
बेलुकी ६:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । रामजानकी विवाह महोत्सव (विवापहँचमी) मा छिमेकी मुलुक भारतबाट आउने दर्शालुहरुको लागि रेल सेवा थप्ने भएको छ । 

नेपाल रेल्वे कम्पनी लिमिटेडले एक सूचना जारी गर्दै आउँदो आईतबार मँसिर ११ गतेदेखि १३ गतेसम्म दैनिक तीन समय रेल सेवा सँचालन हुने भएको छ । 

विवाहपँचमी महोत्सवलाई ध्यानमा राखी यात्री आसोरपोसारको लागि कुर्थाबाट जयनगर र जयनगरबाट कुर्थासम्म दैनिक तीन समय रेल सेवा सँचालन हुने भएको छ । 

जयनगरबाट कुर्था तथा जनकपुरका लागि विहान ८ः३० बजे (जयनगर–कुर्था), दिउँसो १२ः३० बजे (जयनगर–जनकपुर) र दिउँसो ३ः०० बजे (जयनगर–कुर्था) रेल सँचालन हुने भएको छ । 

यस्तै, कुर्था तथा जनकपुरबाट जयनगरका लागि विहान १०ः४५ बजे (कुर्था–जयनगर), दिउँसो १ः४० बजे (जनकपुर–जयनगर) र दिउँसो ५ः१५ बजे (कुर्था–जयनगर) रेल सेवा सँचालन हुने भएको छ । 

विवाहपँचमीको अवसरमा भारतबाट हजारौँको सँख्यामा दर्शालुहरु विवाहपँचमी मेला भर्नको लागि जनकपुरधाम आउने गरेको छ । 

यसपाली सतपालजी महाराज समेत जन्ती लिएर जनकपुर आउने भएपछि श्रद्धालुहरुको भीड अधिक बढने अनुमान गरिएको छ । 
 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित

  • २०७९ मङ्सिर ८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । कर्ण कायश्थ जातको जातीय समूह मल्लिक पंजीकार समूह काठमान्डौँमा सम्मानित भएको छ ।  नेपाल चित्रगुप्त समाज काठमान्डौँ, चित्रगुप्त एवंम सँस्कृति कार्यक्रममा सहभागीता जनाएको समाजले उत्तम प्रस्तुति दिएको

पूरा पढ्नुहोस्

Bureau Menus