
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश सरकारका मन्त्रीलाई हराउँदै पूर्व मेयर प्रदेश साँसद बनेका छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट चुनाव लडेका मधेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतोलाई धनुषाको मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोले पराजित गरेका छन् ।
प्रदेश साँसदको लागि एमालेका हरिनारायण महतोले एकिकृत समाजवादी पार्टीका सत्रुधन महतोलाई १ हजार ३ सय ४२ मतले पराजित गरेका छन् ।
प्रदेशसभामा निर्वाचित हरिनारायणले १७ हजार ३०२ मत प्राप्त गरेका छन् भने सतारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार शत्रुधनले १५ हजार ९६० मत ल्याएका छन् ।
आईतबार जनकनन्दिनीमा शोक विदा
- २०७९ मङ्सिर १३ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । एक शिक्षिकाको मृत्यू भएपछि धनुषाको जनकनन्दिनी गाउँपालिकाले एक दिने शोक विदाको घोषणा गरेको छ । जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवले शुक्रबार एक सूचना जारी गर्दै मावि
पूरा पढ्नुहोस्